बुधबार, मंसिर १०, २०७७
Wednesday, November 25, 2020

हाम्रो बारेमा

                                                                 समाबेशी सञ्चारको परिकल्पना

४६ सालको जनान्दोलनपछि मुलुकमा प्रजातन्त्रको स्थापनासंगै सञ्चार माध्यमको तिब्र विकास भएको हो । २६ बर्षे (०४६–०७२) प्रजातान्त्रिक ईतिहासमा हिंशात्मक,संक्रमणकालिन राजनीतिक उतार चढावसंगै धेरै संञ्चार माध्यमले जन्म लिए । बर्खे भेलझै जन्मेकाहरु कती हराएर गए कति अझै बामे सरी रहेकै छन् । कति जन्म लिने अबस्थामा पनि होलान । केही सञ्चारमाध्यमहरु दुरदराजमा बस्नेहरुको सुख, दु:खको चौतारी बने, केही पार्टी प्रचारक अनि नेताको बैशाखी पनि । प्रेस स्वतन्त्रताको ढोङ पिट्दै एक चौथाई बाहेकका पत्रकारले पार्टीकारिता र पत्रकारितालाई पनि संगसंगै डो¥याए । स्वतन्त्र र निश्पक्ष भनिएका सञ्चार माध्यममा आबद्धहरु पनि राजनीतिक दलका भातृ संगठनकै हैसियतमा पत्रकार संघ,संगठनमा आबद्ध छन् ।

मूलधारका स्थापित होस वा देशैभर रहेका सञ्चार माध्यमले मुलुकभर छरिएर रहेका दलित, महिला, आदिबासी जनजाती, मुस्लिम, मधेशी र उपेक्षित समुदायको पिर मर्का कहिल्यै बुझन् सकेनन् । चाहेनन् पनि । बर्षौदेखी राज्यबाट पछाडि पारिदै आएका यी समुदायका समस्या तथा सवालहरु कहिल्यै खबर बन्न सकेनन् । एकाध बाहेक समाचार कक्षमा प्रबेश गर्न नपाउदै फालिए । प्रजातन्त्रको नाममा प्रेस स्वतन्त्रताको मन्त्र जप्दै पत्रकारितासंगै पार्टीकारिता पनि मौलाउदै गयो । दुरदराजमा बस्ने निमुखाहरुको खबर होईन नेताको बोलीले शिर्ष स्थान पाउन थाले र अहिले पनि तिनै बोलीले सञ्चार माध्यममा गतिलै स्थान पाई रहेका छन् । अझै पाउनेवाला पनि छन् । स्वतन्त्र प्रेसको आवरणभित्र नेताको संरक्षणले गर्दा पार्टीकारिताले मलजल पाएकै छ ।

तत्कालिन ने.क.पा.माओबादीको १० बर्षे जनयुद्ध पश्चात भएका परिवर्तनहरु स्थापित गर्न सञ्चार माध्यमले सशक्त पहल चाल्नु पर्नेमा प्रतिगमनलाई स्थापित गर्न भ्रामक समाचार सम्प्रेशण तर्फ लागि परेका कारण मुलक लामो समयदेखि संक्रमणकालिन अबस्थाबाट थला परिरहेको घाम जस्तै छर्लङ छ । माओबादी १० बर्षे जनयुद्धको जगमा भएको ०६२/०६३ को १९ दिने जनान्दोलन पश्चात मुलुकमा शान्ति स्थापना भएको यतिका बर्ष भइसक्दा पनि मुलुकले यो नियति बेहोर्नुको दोषी नेपाली सञ्चार माध्यम पनि हुन् ।

बहुसंख्यक सञ्चार माध्यमले माओबादी बिरोधी खबर युद्धनै थाले । खबर युद्धकै कारण माओबादी जनयुद्धले गरेको गरिब, निमुखा जनतासंग गासिएका परिवर्तनका मुद्धा हुर्कन नपाउदै मृत्यु बरण गर्न पुगे । मूलधारका सञ्चार माध्यममा मेचीदेखी महाकालीसम्म छरिएर रहेका उपेक्षित समुदाय,लिंग र बर्गका खबर र बिचार यथोचित मात्रामा समेटिएका छैनन् । बरु बेलाबखत भ्रामक खबर र बिचार सम्प्रेषण गर्दै ती समुदायका सवालप्रति नकारात्मक धारणा बनाउने काम गरिएको छ ।

त्यसैले यो परिवर्तित अबस्थामा जल्दाबल्दा घटना र संश्लेषणको सम्प्रेषण गर्दै उपेक्षित समुदाय,लिंग र बर्गका खबर र बिचार नछुटाउने सञ्चार माध्यमको आबश्यकता महसुस गरी समाबेशी मिडियाको रुपमा स्थापित गर्न समता मिडिया सेन्टर प्रा.लि.को स्थापना गरिएको हो । समतामूलक समाज स्थापनाका लागि सञ्चार अभियान भन्ने उदेश्यले यस प्रा.लि. मार्फत नेपाली पत्रकारितामै पहिलो अभ्यासको रुपमा बहुभाषी वैचारिक डिजिटल पत्रिकाको थालनी गरिएको हो । हामी सबैका खबर बोल्छौं, आलोचना, टिप्पणी, सुझाव र दृष्टिकोणहरु राख्दै प्रत्येक पल हजारौं मान्छेहरुसंग जोडिदै जानेछौं । हजारौंका सकारात्मक बिचारहरु छिनछिनमा कट्वाल डटकमको भित्तोमा पोखिन्छन् र त्यतिनै छिटो हजारौंलाई सुसुचित गर्नेछ ।

त्यसैले समानता सामाजिक न्यायसहितको समतामूलक समाज स्थापना गर्ने परिकल्पनाले सामाजिक बिभेदमा परेका समुदायको आशा र भरोशाको आवाज बोकेर www.katwaal.com नामक  न्यूजपोर्टल सुरु गरेका छौं ।

यो सामाजिक संजाल फेसबुक पेज www.facebook.com/katwaal संगै युट्युव www.youtube.com/katwaaltv र ट्वीटर www.twitter.com/katwaalkhabar मा पनि हेर्न सक्नुहुनेछ । हामीलाई विश्वास छ यसले राष्ट्रिय एकतालाई मजबुत बनाउनेछ र उपेक्षित समुदाय,लिंग र बर्गलाई यो देश मेरो पनि हो भन्ने भावनाको आत्मबोध भई समाबेशीसहितको देश विकासमा लाग्न प्रेरित गर्नेछ ।

सम्पादकीय नीति २०७४
() समाजमा भइरहेका सकारात्मक कामको पहिचान गरि समाजमा आशाको सञ्चार गराउनु हाम्रो मूल मान्यता हुनेछ ।
() हरेक समाचार र विचार निष्पक्षभई प्रवाह गरिनेछ ।
() पत्रकारिताको पेशागत निष्ठा, सम्पादकीय स्वतन्त्रता, समाचार सामाग्रीको तटस्थता, विश्वसनीयता, वस्तुनिष्ठता र शुद्धतालाई शिरोधार्य गर्नु हाम्रो कर्तव्य हुनेछ ।
() सरकारी तथा गैरसरकारी संस्थाहरुसंग सहकार्य गर्न सकिने छ । प्रायोजित रुपमा सफलताका कथा,परिवर्तनका कथाहरु  प्रकाशन तथा प्रशारण गरिने छ ।
() कुनै पनि समाचार वा सामग्री अन्य स्रोतहरूबाट लिएर प्रकाशन तथा प्रशारण गर्दा स्रोतलाई अनिवार्य उदृत गरिनेछ र अनुवाद गरिएका सामग्री प्रयोग गर्दा मूल लेखक र मूल भाषा अनिवार्य रुपले उल्लेख गरिनेछ भने अनुवादकको परिचय आवश्यकता हेरी खुलाइनेछ ।
() पत्रकारिता आचारसंहिता २०७३ को पूर्ण रुपले पालना गरिनेछ ।
() यो सम्पादकीय नीतिलाई समयानुकूल परिमार्जन गर्दै अझ सशक्त र गतिशील बनाउँदै लगिनेछ ।
() यसमा उल्लेख भएका सबै बुँदाहरूलाई मार्गनिर्देशक मन्त्र मानेर उच्च गर्वका साथ आत्मसात गरिनेछ ।

हाम्रा मूल्य मान्यताहरू

() समाजमा सकारात्मक सोच र आशा,उत्साह जगाउन सकारात्मक समाचार र रचनात्मक विचारको संवाहक बन्ने छौ ।
()  पाठक, दर्शक र स्रोतालाई निराश, हतास र उत्तेजित बनाउने गरी हामी कहिल्यै समाचार वा विचार प्रवाह गर्नेछैनौ ।
()  हामी नेपालको संविधानको अधिनमा रही क्रियाशिल छौं । अनलाइन प्रकाशनका लागि आवश्यक      कानूनी प्रक्रिया पुरा गरेका छौं ।

() ‘सामाजिक बिभेदमा  परेका समुदायको पक्षधरताको रुपमा जातिय र लैंगिक बिभेदमा  परेकाहरुको समस्यालाई खबर मार्फत पैरबी गर्नु’ हाम्रो पहिलो प्रयास हुनेछ ।

() कट्वाल डटकम सामाजिक बिभेदमा परेका समुदायको पक्षमा बहस, सकारात्मक विचार विमर्श, विश्लेषण गर्ने खुला थलो हो ।

() कट्वाल डटकममा प्रकाशित प्रशारित निजी विचारको जवाफदेहिता सम्बन्धित व्यक्तिलेनै हुनु पर्नेछ । सम्पादकीय बाहेकका विचार निजी हुनेछन् ।

() हामी आफ्नो अनुभव र दक्षता समाजको सकरात्मक परिवर्तनका लागि उपयोग गर्न चाहन्छौँ ।

सम्पादकीय नीति २०७४
() समाजमा भइरहेका सकारात्मक कामको पहिचान गरि समाजमा आशाको सञ्चार गराउनु हाम्रो मूल मान्यता हुनेछ ।
() हरेक समाचार र विचार समाजमा आशा जगाउने उद्देश्यले प्रवाह गरिनेछ ।
() पत्रकारिताको पेशागत निष्ठा, सम्पादकीय स्वतन्त्रता, समाचार सामाग्रीको तटस्थता, विश्वसनीयता, वस्तुनिष्ठता र शुद्धतालाई शिरोधार्य गर्नु हाम्रो कर्तव्य हुनेछ ।
() सरकारी तथा गैरसरकारी संस्थाहरुसंग सहकार्य गर्न सकिने छ । प्रायोजित रुपमा सफलताका कथा,परिवर्तनका कथाहरु  प्रकाशन तथा प्रशारण गरिने छ ।
() कुनै पनि समाचार वा सामग्री अन्य स्रोतहरूबाट लिएर प्रकाशन तथा प्रशारण गर्दा स्रोतलाई अनिवार्य उदृत गरिनेछ र अनुवाद गरिएका सामग्री प्रयोग गर्दा मूल लेखक र मूल भाषा अनिवार्य रुपले उल्लेख गरिनेछ भने अनुवादकको परिचय आवश्यकता हेरी खुलाइनेछ ।
() पत्रकारिता आचारसंहिता २०७३ को पूर्ण रुपले पालना गरिनेछ ।
() यो सम्पादकीय नीतिलाई समयानुकूल परिमार्जन गर्दै अझ सशक्त र गतिशील बनाउँदै लगिनेछ ।
() यसमा उल्लेख भएका सबै बुँदाहरूलाई मार्गनिर्देशक मन्त्र मानेर उच्च गर्वका साथ आत्मसात गरिनेछ ।

हाम्रा मूल्य मान्यताहरू

() समाजमा सकारात्मक सोच र आशा,उत्साह जगाउन सकारात्मक समाचार र रचनात्मक विचारको संवाहक बन्ने छौ ।
()  पाठक, दर्शक र स्रोतालाई निराश, हतास र उत्तेजित बनाउने गरी हामी कहिल्यै समाचार वा विचार प्रवाह गर्नेछैनौ ।
()  हामी नेपालको संविधानको अधिनमा रही क्रियाशिल छौं । अनलाइन प्रकाशनका लागि आवश्यक      कानूनी प्रक्रिया पुरा गरेका छौं ।

() ‘सामाजिक बिभेदमा  परेका समुदायको पक्षधरताको रुपमा जातिय र लैंगिक बिभेदमा  परेकाहरुको समस्यालाई सकारात्मक बिचार मार्फत पैरबी गर्नु’ हाम्रो पहिलो प्रयास हुनेछ ।

() समता अनलाइन सामाजिक बिभेदमा परेका समुदायको पक्षमा बहस, सकारात्मक विचार विमर्श, विश्लेषण गर्ने खुला थलो हो ।

() समता अनलाइनमा प्रकाशित प्रशारित निजी विचारको जवाफदेहिता सम्बन्धित व्यक्तिलेनै हुनु पर्नेछ । सम्पादकीय बाहेकका विचार निजी हुनेछन् ।

() हामी आफ्नो अनुभव र दक्षता समाजको सकरात्मक परिवर्तनका लागि उपयोग गर्न चाहन्छौँ ।