बिहिबार, अशोज ८, २०७७
Thursday, September 24, 2020

त्रिशूलीमा खस्यो यात्रुबाहक बस

काठमाडौं, साउन ११ । काठमाडौंबाट वालिङका लागि हिँडेको बस त्रिशूली नदीमा खसेको छ। मुग्लीन पुग्नुभन्दा २५ मिटर अगाडिबाट बस त्रिशूलीमा खसेको हो।

चितवन प्रहरीले त्रिशूलीमा बस खसेको जानकारी प्राप्त भए पनि यसबारेमा थप जानकारी आइनसकेको जनाएको छ। प्रहरीले विस्तृत जानकारी आउन केही समय लाग्ने जनाएको छ।

मुग्लिन मलेखु सडकखण्ड अन्तरगत चितवनको ईच्छाकामना गाउँपालिका- ३ स्थित कुरिनटार र चुम्लिङटारको बीच सडकबाट त्रिशुली नदी किनारमा बस खसेको हो। अहिले घटनास्थलमा प्रहरी परिचालन गरिएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE