सोमवार, अशोज ५, २०७७
Monday, September 21, 2020

आदर्शमा इलाका प्रहरी कार्यालय

रोजेन्द्र जोशी डोटी साउन ११। लामो समयको प्रयासपछि डोटी जिल्लाको आर्दश गाउँपालिकामा ईलाका प्रहरी कार्यालय स्थापना भएको छ । प्रहरी पहुँच भन्दा टाढा रहेको आर्दश गाउँपालिकामा शुक्रबार ‘क’ वर्गको प्रहरी कार्यालय स्थापना भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक लाल वहादुर धामीले जानकारी दिनु भएको छ ।

साविकका ६ ओटा गाविसहरु मिलि बनेको आदर्श गाउँपालिकामा प्रहरी चौकि स्थापना गर्न धेरै पहिले देखिको प्रयास भए पनि स्थापना नहुँदा समस्या हुँदै आएको गाउपालिका अध्यक्ष टेकबहादुर रोकायाले जानकारी दिनुभयो । गाउँपालिका क्षेत्रमा शान्तिसुरक्षा कायम हुने र जनताहरुले प्रहरीबाट पाउनु पर्ने सेवा सुविधा सहजै आफ्नै गाउँठाउँमा पाउने भए पश्चात खुशी भएको रोकायाले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालयमा प्रहरी निरिक्षकसहित ५२ जना प्रहरीहरुको दरबन्दी रहने जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । उक्तक्षेत्रका नागरिकले यसभन्दा पहिले इलाका प्रहरी कार्यालय दिपायल र सायल क्षेत्रमा रहेको प्रहरी चौकीबाट सेवा लिँदै आएका थिए । उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादव, निमित्त प्रहरी प्रमुख लाल वहादुर धामी, गाउँपालिका अध्यक्ष तथा पदाधिकारीलगायत स्थानीयहरुको सहभागीता थियो ।

स्मरण रहोस् श्रावण १ गते एकै परिवारका चार जनाले सेतीमा हाम फालेको घटना यसै गाउँपालिकाको हो । घटना बारे प्रहरीलाई ढिला गरी ३ गते मात्र जानकारी भएको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE