शनिबार, अशोज ३, २०७७
Saturday, September 19, 2020

कञ्चनपुर बलात्कारकाण्ड : अनुसन्धान गर्न पुग्यो सिआइबीको टोली

धनगढी, साउन १४ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा गत साता एक किशोरीको बलात्कारपछि हत्या भएको घटनाको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान थालेको छ।

सिआइबी प्रमुख डिआइजी नारायणसिंह खड्काले स्थानीय प्रहरीलाई अनुसन्धानमा समन्वय गर्न ब्युरोबाट गएको टोली सोमबार कञ्चनपुर पुगेको जानकारी दिए।

डिएसपी अंगुर जिसी नेतृत्वमा टोली तीन सदस्यीय छ। यसैबीच बलात्कारपछि हत्या भएकी १३ वर्षीया किशोरीका आफन्तले सोमबार उनको शव बुझेका छन्। यसअघि दोषीमाथि कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति नदिइकन शव नबुझ्ने भन्दै स्थानीयवासीले विरोध गरिरहेका थिए।

भीमदत्तनगर- ३ निर्मला पन्तको शव गत शुक्रबार उखुबारीमा भेटिएको थियो। आइतबारको प्रतिनिधि सभा बैठकमा सांसदहरूले पन्तको बलात्कार र हत्यामा संलग्नलाई कारबाही गर्न सरकारसँग माग गरेका थिए।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE