शनिबार, अशोज ३, २०७७
Saturday, September 19, 2020

‘जय शम्भु’को एक्शनमय ट्रेलर रिलिज

काठमाडौं साउन १४ । भदौ १ गते रिलिज हुने एक्शन फिल्म जय शम्भुुको ट्रेलर सार्वजनिक भएको छ ।

आईतवार ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा फिल्मका मुख्य कलाकारद्धय प्रशान्त ताम्राकार र अनुपविक्रम शाहीको टकरावलाई देखाइएको छ ।

ट्रेलरमा प्रशान्त र अनुपसँगै वर्षा शिवाकोटी मुख्यरूपमा फिचरिङ छन् । अनुमानित गरिएको समय र बजेट भन्दा निकै गुणा बढि बजेटमा तयार भएको जय शम्भुुले एक्शन लभ स्टोरी कथा भन्छ ।

एक्शनको पार्टबाट फिल्मले केही नयाँपन दिन खोजेको फिल्मका निर्देशक रुपेश तामाङको दाबी छ।

फिल्ममा प्रशान्त, अनुप र बर्षासँगै रोशन महर्जन, करुणा पाण्डे, रश्मी भट्ट, बसन्त भट्ट, राज कुमार थापा, कालु राना आदको मूख्य भुमिका रहेको छ ।

फिल्ममा हरि घले लामाको छायाँकन, श्री श्रेष्ठको एक्शन, टंक बुढाथोकीको संगीत, बनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य रहेको छ । सेतोपाटीबाट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE