बिहिबार, अशोज ८, २०७७
Thursday, September 24, 2020

हिरण्यकुमारीको ‘अग्नीदह’ लोकर्पित

काठमाडौं। गुञ्जनकी अध्यक्ष बरिष्ठ कथाकार हिरण्यकुमारी पाठकको चौथो कथाकृति ‘अग्नीदह’ सार्वजनिक भएको छ ।

राजधानीमा आइतबार अन्तरराष्ट्रिय नेपाली साहित्य समाज, नेपाल र नारीस्वर त्रैमासिक पत्रिकाको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले पाठकको कथाकृतिको लोकार्पण गरे ।

कार्यक्रममा लोकार्पित कृतिमाथि डा। शान्तिमाया गिरी र डा। देवी नेपालले समीक्षात्मक मन्तव्य दिए । समीक्षक गिरीले कथाकार पाठकको विमोचित कृतिमा समाजका विकृति विसंगतीमाथि प्रहार गरिएको भन्दै कथाको पात्र तथा परिवेशमा विविधता रहेको बताइन ।
अर्का समीक्षक नेपालले हिरण्यकुमारीका कथाहरुमा नयाँ कुरा आएकोले त्यसले पाठकहरुमा तरङ्ग पैदा गर्ने बताए ।
बम

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले कथाकार पाठकको कथाकारिताको चर्चा गर्दै पाठकका कथामा सामाजिक परिवेश छपक्क ढाकिएको उल्लेख गरे ।

अनेसास, नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा कथाकार हिरण्यकुमारी पाठक, मञ्जु् काँचुली, रामदेव पाण्डे, दामोदर पुडासैनी किशोर, उन्नती बोहरा शिला, नम्रता शर्मा र यादव भट्टराईले पनि बोलेका थिए ।
कार्यक्रममा अनेसासले आजिवन सदस्यहरुलाई प्रमाणपत्र वितरण गरेको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE