शनिबार, अशोज ३, २०७७
Saturday, September 19, 2020

जिम्बाबेमा अाज राष्ट्रपतीय चुनाव हुँदै

काठमाडौं साउन १४ ।अफ्रिकी मुलुक जिम्बाब्बेमा आज (सोमबार) राष्ट्रपति चुन्न चुनाव हुँदैछ। ३७ वर्षसम्म सरकार चलाएका पूर्वराष्ट्रपति रोवर्ट मुगाबे गत वर्ष अपदस्थ भएपछि जिम्बाब्बेमा पहिलाेपटक निर्वाचन हुन लागेको हो।

साथै आजै २ सय ७० प्रतिनिधिसभा सदस्यका लागि पनि निर्वाचन हुँदैछ ।

सत्तारुढ पार्टी जानु-पीएफले वर्तमान राष्ट्रपति इमरसन मनंगाग्वालाई उम्मेदवार बनाएको भने प्रमुख प्रतिपक्षी दल एमडीसीले नेल्सन चामिसालाई अघि सारेको छ।

यो चुनावमा पूर्वराष्ट्रपति मुगाबेले आफैले जन्माएको पार्टीका उम्मेदवार इमरसनलाई समर्थन नगर्ने घोषणा गरेका छन् भने विपक्षी पार्टीका उम्मेदवार चामिसालाई मतदान गर्न मतदातालाई आग्रह गरेका छन्।

उनको यो घोषणाले सबैलाई अचम्मित बनाएको छ।

आफूलाई राष्ट्रपतिबाट अपदस्थ गराउन भूमिका खेलेको बदला उनले निर्वाचनमार्फत लिन लागेको कतिपयको विश्लेषण छ।

 

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE