बिहिबार, अशोज ८, २०७७
Thursday, September 24, 2020

महाकाली नदीले तटबन्ध बगाउन थालेपछि स्थानीय त्रसित

कञ्चनपुर १५ साउन । महाकाली नदिले एकपटक पुरै बस्ती बगाएको कञ्चनपुरको भीमदत्त नगरपालिका ११ भुजेलास्थित महाकाली टोलमा फेरि तटबन्ध बगाउन थालेपछि स्थानीय त्रसित बनेका छन् । महाकाली नदी नियन्त्रणका लागि सो क्षेत्रमा निर्माण गरिएको तटबन्ध नदीले कटानी गर्न थालेको छ । गत सातादेखि तीब्ररुपमा नदीले तटबन्ध कटानी गरिरहेको स्थानीयले बताएका छन्।निरन्तर वर्षा भइरहेकाले महाकाली नदीमा पानीको बहाव बढेको छ ।

नदीले कटानी गर्न थालेपछि स्थानीय आफै तारजालीमा ढुंगा भरेर कटानी नियन्त्रणमा जुटेका छन् । नदीले तिब्र रुपले कटानी गर्न थालेपछि आफै तारजालीमा ढुंगा भरेर नियन्त्रणको प्रयासमा गरिरहेको स्थानिय महिला राधिका नेपालीले बताइन् । उनले समयमै ठेकेदारले तटबन्ध निर्माणमा ध्यान नदिदो अवस्था नाजुक बनेको बताईन् । तारजालीमा भरेका ढुंगा बाढीले बगाएको छ भने केही स्थानमा स्परहरु समेत बगाइसकेको छ ।’ महाकालीको सो क्षेत्रमा गत आर्थिक वर्षमा सक्ने गरी महाकाली टोल क्षेत्रमा तटबन्ध निर्माणका लागि ठेक्का भएपनि ठेकेदारले समयमै काम नगर्दा नदीले कटानी थालेको स्थानीयको बताएका छन् ।

’समयमा नै यहाँ काम सुरु भइदिएको भए अहिले तटबन्ध बग्ने थिएन’ भीमदत्त नगरपालिका ११ का वडा अध्यक्ष प्रेमप्रकाश जैशीले भने ’धेरै पुरानो भइसकेका कारणले अहिले कटान गरिरहेको छ ।’ उनले नदीले निरन्तर तटबन्ध कटानी जारी राखे नदीको भंगालो गाउँ पस्ने खतरा रहेको बताए । कटानी गरेको क्षेत्रबाट नदीको भंगालो गाउँ पसे भीमदत्त नगरपालिकाका९ ११, १२ र १३ नम्बर वडाका बस्ती उच्च जोखिममा पर्नेछन्। जनताको तटबन्ध कार्यालय कञ्चनपुरले महाकाली नदी नियन्त्रणका लागि गत आर्थिक वर्ष २०७४/०७५ का लागि सो क्षेत्रमा तटबन्ध निर्माणको ठेक्का दिएको थियो । गोदाबरीएफएमबाट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE