शनिबार, अशोज ३, २०७७
Saturday, September 19, 2020

आज साउन १५, खीर खाएर मनाइँदै

काठमाडौं १५ साउन । बर्खायामको झरीमा भिजेको शरीरलाई निरोगी बनाउन तथा उर्जामय राख्न खीर खाने गरिएको जानकारहरु बताउँछन् । आजको दिन परिवारका सदस्य, इष्टमित्र, आफन्त, छरछिमेकीसँग बसेर खीर लगायत मिष्ठान्न परिकार खाने चलन छ ।

नेपाली समुदायमा असार १५ मा दही चिउरा र साउन १५ मा खिर खाने गरिन्छ । स्वास्थ्यका दृष्टिकोणले मरिच, सुकेको नरिवल, दालचिनी, आदि राखेर बनाइएको खीर यो मौसमका लागि उपयुक्त हुने उनीहरुको भनाइ छ । तर चिकित्सकहरुले भने धेरै मसला राखेर खीर पकाउन नहुने सुझाव दिएका छन् ।
कान्तिपुरबाट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE