शनिबार, अशोज ३, २०७७
Saturday, September 19, 2020

कानुनमन्त्रीमा भानुभक्त ढकाल नियुक्त

काठमाडौं १८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनमन्त्रीमा नेकपाका सांसद भानुभक्त ढकाललाई नियुक्त गरेका छन् । शुक्रबार अपरान्ह प्रधानमन्त्री ओलीले ढकाललाई कानुनमन्त्रीमा नियुक्त गरेका हुन् ।

बंगलादेशमा अध्ययनरत नेपाली छात्राहरुबारे अमर्यादित टिप्पणी गरेपछि तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिएका थिए ।

प्रतिपक्ष नेपाली कांग्रेसमात्रै नभएर सत्तापक्षका सांसदले पनि तामाङलाई राजीनामा गर्न दबाब दिएका थिए । साउन ८ गते शेरबहादुर तामाङले राजीनामा दिएपछि कानुन मन्त्रालय पनि प्रधानमन्त्री ओलीले नै सम्हाल्दै आएका थिए ।

मोरङ ३ बाट प्रतक्ष निर्वाचित सांसद ढकालले साँझ ४ बजे शपथ लिने कार्यक्रम छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE