बिहिबार, अशोज ८, २०७७
Thursday, September 24, 2020

प्रदेश सरकार र प्रम कार्यालयको टोलीबीच छलफल

लोकेश शिरीष अधिकारी धनगढी २१ साउन ।  नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट स्थलगत भ्रमणमा आएको एक उच्च स्तरिय टोलीले आज (सोमबार) प्रदेश नं. ७ को सरकारसँग छलफल गरेको छ । प्रम कार्यालयका सचिव केदार बहादुर अधिकारी नेतृत्वको टोलीले मूख्यमन्त्री र मन्त्रीहरुसँग छलफल तथा अन्तरक्रिया गरेको हो ।
अन्र्तक्रियामा प्रदेशको भौतिक पूर्वाधार र जनशक्ति, प्रदेशको आ.व. ०७५।७६ को वजेट, कार्यक्रम र योजना, प्रदेश प्रहरी ऐन, प्रदेश लोकसेवा आयोग, प्रदेश योजना आयोगको गठन लगायतका बिषयमा छलफल भएको छ ।

यस्तै,संघिय,प्रदेश र स्थानीय सरकार विचको सम्वन्ध, प्रदेश सरकार संचालनमा आवश्यक पर्ने ऐन, कानून, नियम, निर्देशिका, कर्मचारी समायोजन, पदपूर्ति र प्रदेश निजामती सेवा ऐन सम्वन्धमा पनि छलफल भएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले जनाएको छ ।

केन्द्र सरकारसँग आवश्यक समन्वय गरी प्रदेश सरकार संचालनमा आएका अड्चन फुकाउदै जनअपेक्षा अनुसार अगाडी बढ्ने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रवक्ता विशम सिं थापाले जानकारी दिनुभयो । थापाले भने “प्रदेश सरकार संचालनमा आवश्यक पर्ने ऐन, कानून, नियम, निर्देशिका यथासिघ्र बनाइ प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाइनेछ ।”

प्रदेश प्रहरी ऐन, प्रदेश लोकसेवा तथा योजना आयोगको गठन प्रक्रिया सम्वन्धमा पनि छलफल भएको प्रवक्ता थापाले बताए । प्रदेशको भौतिक पूर्वाधार तथा जनशक्ति व्यवस्थापनलाई चुस्त बनाउदै चालु आवको वजेट, कार्यक्रम र योजनाको प्रभावकारी कार्यान्वयन सम्वन्धमा पनि छलफल भएको बताइएको छ ।

आजको छलफल/अन्तरक्रियाका बिषयहरु :
१. प्रदेशको भौतिक पूर्वाधार र जनशक्ति
२. प्रदेशको आ.व. ०७५।७६ को वजेट, कार्यक्रम र योजना
३. प्रदेश प्रहरी ऐन, प्रदेश लोकसेवा आयोग, प्रदेश योजना आयोगको गठन
४. प्रदेश सरकार र नेपाल सरकार विचको सम्वन्ध समन्वय
५. प्रदेश सरकार र स्थानीय सरकार विचको सम्वन्ध समन्वय
६. प्रदेश सरकार संचालनमा आवश्यक पर्ने ऐन, कानून, नियम, निर्देशिका
७. मुख्यमन्त्री र प्रदेश प्रमुखविचको सम्वन्ध
८. कर्मचारी समायोजन, पदपूर्ति र प्रदेश निजामती सेवा ऐन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE