सोमवार, अशोज ५, २०७७
Monday, September 21, 2020

यौनकर्मका लागि छोराको बिक्री !

एजेन्सी ३१ साउन । आफ्ना छोरालाई यौनकर्मका लागि बेचेको भन्दै जर्मनीमा एक जोडीलाई १२ वर्ष ६ महिना जेल सजाय सुनाएको छ।

४८ बर्षीया आमा बेरिन टाह र उनका प्रेमी ३९ बर्षीय क्रिस्टियन लायसले ती नाम नखुलाइएको बालकलाई यौनकर्मका लागि २ महिनाअघि बेचेका थिए।

९ बर्षका बालकलाई उनीहरुले पैसाका लागि डार्क नेटमा बाल यौन दुराचारीको जिम्मा लगाएको पुष्टि भएपछि अदालतले उनीहरुलाई मंगलबार सजायँ सुनाएको हो।

बालकका आमा टाहलाई पुरा १२ वर्ष ६ महिना तथा उनका प्रेमीलाई १० वर्षको सजायँ सुनाइएको छ।

उनीहरुमाथि बाल अधिकार हनन तथा बाल यौन दुराचारमा सघाउ पुर्‍याइएको अभियोग लगाइएको थियो।

पीडित बालक वैकल्पिक अभिभावकको जिम्मामा छन्। स्मरणीय छ, डार्क नेटले बालबालिकाको यौन भिडियोहरु बनाउने गरेको छ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE