सोमवार, अशोज ५, २०७७
Monday, September 21, 2020

फेसबुकमा लाइभ देखाउँदै युवकले गरे झुण्डिएर आत्महत्या

काठमाडौँ ३१ साउन । फेसबुकमा लाइभ दिएर एक युवाले आत्महत्या गरेका छन्। भारतको दिल्ली, हरियाणका ती युवकले फेसबुकमा लाइभ गर्दै झुण्डिएर आत्महत्या गरेका हुन्।

आत्महत्या गर्नुअघि ती युवाले फेसबुकमा लाइभ गरेका थिए। उनको आत्महत्याको यो तरिका देख्नेहरु आश्चर्यमा परेका छन्। उनले आफूले किन आत्महत्या गरेँ भन्नेबारे लाइभमा केही बताएका छैनन्।

हरियाणास्थित गुरुग्रामको पटौदी इलाकाका १६ वर्षे अमित चौहानले सोमबार साँझ फेसबुकमा लाइभ गरिरहेका थिए। उनका केही साथीहरुले त्यो लाइभ समेत हेरेका थिए। त्यसै समयमा एक च्यादरको लिएर पंखामा झुण्डिएको देखिएको थियो। केही साथीहरुले लाभइलाई मजाक सम्झे र ठट्टेउला कमेन्ट र इमेज पठाएका थिए।

अचानक ती युवाको लाइभ बन्द भयो र दोस्रो लाइभ सुरु भयो जसमा ती युवाले आफ्नो गालामा पासो लगाएर आत्महत्या गरेको देखिएको थियो।

उनले आत्महत्या किन गरे भन्ने बारेमा अहिलेसम्म केही खुलेको छैन। भारतीय मिडियाले प्रहरीमा यसबारे अहिलेसम्म कुनै उजुरी दर्ता नभएको जनाएका छन्।  खबरअनुसार अमितको परिवारले मंगलबार उनको अन्तिम संस्कारसमेत गरेका छन्।

पछिल्लो २ वर्षदेखि उनी मानसिक रोगको सिकार बनेका थिए र उनको उपचार चलिरहेको थियो। घटनाका बारेमा मंगलबार मात्रै एक गाउँलेले प्रहरीलाई खबर गरेपछि यो घटना सार्वजनिक भएको हो। प्रहरीले यसबारेमा अनुसन्धान गर्ने जनाएको छ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE