सोमवार, अशोज १२, २०७७
Monday, September 28, 2020

निर्मला हत्याकाण्ड : वास्तविक अभियुक्त सार्वजनिक नगरेको भन्दै स्थानीय आन्दोलित

मोहन विष्ट कञ्चनपुर ५ भदौ । कञ्चनपुरमा बलात्कारपछि हत्या भएकी १३ वर्षीया निर्मला पन्तको वास्तविक हत्यारालार्इ लुकाएर मानसिक असन्तुलन भएको व्यक्तिलार्इ प्रहरीले सार्वजनिक गरेको भन्दै स्थानीय आन्दोलित भएका छन् । भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षिया पन्तको हत्यामा संलग्न भएको भन्दै कञ्चनपुर प्रहरीले एक अभियुक्तलार्इ सार्वजनिक गरेको थियो ।

कञ्चनपुर प्रहरीले बालिका निर्मला पन्त हत्याको आरोपमा भीमदत्त नगरपालिका १९ बागफाँटाका ४१ बर्षिय दिलिप सिंह विष्टलाई सार्वजनिक गरेको थियो ।

म‌गंलबार बिष्टलार्इ प्रहरीले सार्वजनिक गरेपछि बुधबार बिहानैदेखि स्थानीय र व्यवसायीेले बजार र यातायात बन्द गरेर आन्दोलनमा उत्रेका छन् । महेन्द्रनगरका व्यवसायी एवं युवा यज्ञराज पाण्डेले प्रहरीले सार्वजनिक गरेका व्यक्ति अपराधी नभएकाले घटनाको वास्तविक दोषिलाई सार्वजनिकको माग राखेर आफू आन्दोलनमा उत्रिएको बताए ।

आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मुल गेटमा प्रर्दशन गर्दै वास्तविक दोषिउपर कार्बाहीको माग गरेका छन् । उनीहरुले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, कञ्चनपुर प्रहरी प्रमुखका साथै स्थानीय सरकारका प्रमुख उप प्रमुखकोसमेत राजिनामाको माग गरेका छन् ।

प्रशासनको मुल गेटमा प्रर्दशन गर्न लागेका केही प्रर्दशनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रशासनको गेट तोड्न लागेको भन्दै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको बताएको छ । आन्दोलनकारी उग्र भएको भन्दै प्रहरीले भिड तितरवितर गराउनका लागि आठ राउण्ड अश्रुग्याँस प्रहार गरेको छ । प्रर्दशनकारी र प्रहरीबीच झडप हुँदा दुई प्रहरी घाईते भएका छन् भने केही प्रर्दशनकारी समान्य घाईते भएको प्रहरीले जनाएको छ । घाईतेको अञ्चल अस्पतालमा उपचार भईरहेको छ ।

निर्मलाका हत्यारा सार्वजनिको माग राख्दै कञ्चनपुरमा सुरु भएको धर्ना, हस्ताक्षर र रिले अनसन लार्इ अहिले पनि जारी राखिएको छ । बुधबार पनि अभिभावकसहित आमा समूह, स्थानीय, महिला अधिकारकर्मी र नागरिक समाजले हत्यारालार्इ कारवाही गर्नुपर्ने मागसहित सुरु गरेको आन्दोलन रोकिएको छैन ।

नागरिक संघर्ष समितिका संयोजक मिना भण्डारी नेतृत्वको समितिले जिल्ला प्रशासन कञ्चनपुरको मुल गेटमा टेण्ट राखेर रिले अनसन जारी राखेको छ । संयोजक भण्डारीले प्रहरीले सार्वजनिक गरेको व्यक्तिमा आफूहरु असन्तृष्ट रहेकाले हस्ताक्षर अभियान र रिले अनसन सुरु गरेको बताइन् । मानसिक सन्तुलन गुमाएका व्यक्तिले पुनः अपराध नगरेको स्थानीयले दाबी गरेका छन् ।

कञ्चनपुर प्रहरीले सिआईबी, प्रादेशिक, जिल्ला र स्थानीय प्रहरीको प्रारम्भिक अनुसन्धानबाट निर्मलाका हत्यारा दिलिप विष्ट नै खुल्न आएकाले सार्वजनिक गरेको जनाएको छ । आफ्नै भिनाजुको हत्या गरेर जेल सजाय काटेका विष्टले पुनः निर्मलाको बलात्कारपछि हत्या गरेको कञ्चनपुर प्रहरीको दाबी छ ।

प्रहरीले नाराबाजी गरेर अवरोध श्रृजना गर्दा प्रहरीलाई अनुसन्धानमा समस्या हुने बताएको छ । कञ्चनपुर प्रहरीले विष्टलाई थप अनुसन्धान गर्नका लागि आदालतबाट समेत थप १० दिनको म्याद थपि सकेको छ । नयाँपत्रिकाबाट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE