सोमवार, कार्तिक १०, २०७७
Monday, October 26, 2020

करेन्ट लागेर गंगाको मृत्यु

रोजेन्द्र जोशी डोटी ५ भदौ । केआईसिह गाउँपालिका करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार केआईसिह गाउँपालिका बडा नं ५ बस्ने बर्ष १७ कि गंगाकुमारी भुलको मृत्यु भएको हो ।

आज विहान रुखको घासकाट्ने क्रममा करिव ९स्३० बजेको समयमा करेन्ट लागि मृत्यु भएको हो ।
एक साता पहिले मात्र बोगटान गाउँपालिकामा झुण्डीएको बिद्युतिय लाईनबाट करेन्ट लागि एक जनाको मृत्यु भएको थियो भने केही महिना पहिले मात्र आदर्श गाउँपालिकामा करेन्टलागी पाच जनाको मृत्यु भएको थियो ।

डोटी मा बिद्युतको लापरवाहिका कारण करेन्ट लागि मृत्युहुनेको संख्या दिन प्रतिदिन बढ्दै जादा समेत सम्वन्धति पक्षको ध्यान जान सकेको छैन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE