बिहिबार, अशोज ८, २०७७
Thursday, September 24, 2020

कंचनपुरका पत्रकार अवस्थीलाई धम्की

कञ्चनपुर ६ भदौ । महेन्द्रनगरको सनराइज पब्लिक निजी स्कुलका प्रिन्सिपल गंगा खरेल (चालिसे) ले पत्रकार राजेन्द्रप्रसाद अवस्थीलाई धम्की दिएकी छिन् ।

समाचारको विषयलाई लिएर प्रिन्सिपल चालिसेले मंगलबार पत्रकार अवस्थीलाई धम्कीका साथै गाली गलैच गरेकी हुन् । कञ्चनपुर बैतडीबाट प्रकाशित हुने ‘जनसरोकार पोस्ट’ दैनिकमा ५ साउन प्रकाशित ‘मोबाइल चोरी गर्ने दुई पक्राउ’ शीर्षकको समाचारको विषयलाई लिएर पिन्सिपल चालिसेले टेलिफोन मार्फत धम्की दिएकी हुन् ।

गोरखापत्र राष्ट्रिय दैनिक कञ्चनपुरका समाचारदाता समेत रहेका पत्रकार अवस्थीलाई पिन्सिपल चालिसेले मोबाइल चोरीको समाचारलाई विद्यालयको नाम जोडेको भन्दै धम्की दिएको पत्रकार अवस्थीले बताए । पत्रकार अवस्थीलाई अरु विद्यालयमा हुने जस्तै लिटिलबुद्ध एकेडेमीमा भएको घटना किन नलेखेको र खाली सनराजइको मात्रै समाचार लेखेर के गर्न खोजेको भन्दै प्रिन्सिपल खरेलले पत्रकार अवस्थीलाई धम्कीका साथै गाली गलैच गरेको पत्रकार अवस्थीले बताए । जनसरोकार पोष्टमा ‘मोबाईल चोरी गर्ने दुई पक्राउ’ भन्ने समाचार प्रकाशित भएको थियो ।

समाचारमा गल्ली नम्बर ५ स्थित ग्लोबल टेक्नोलोजिजबाट एमआई कम्पनीको ३० हजार मूल्य पर्ने मोबाइल चोरीमा सनराईज पब्लिक स्कुलमा अध्ययनरत विशाल चन्द र नरेश साउद पक्राउ परेको समाचार प्रकाशित गरिएको थियो । उनीहरुले मोबाइल पसलबाट चोरी गरेको सिसिटिभीमा विद्यालयकै पोशाक लगाएको र उक्त पोशाक म्याच गर्दा दुबै जना सनराइजकै विद्यार्थी भएको प्रहरीले पुष्टी गरेपछि पक्राउ गरेको थियो ।

धम्कीप्रति पत्रकार महासंघको आपत्ति
यसैबीच नेपाल पत्रकार महासंघ जिल्ला कार्य समिति कञ्चनपुरले पत्रकार अवस्थीलाई धम्कीदिएको विषयमा गम्भिर आपत्ति जनाएको छ।

पत्रकार महासंघ कञ्चनपुरले महासंघका प्रदेश पार्षद, जनसरोकार पोष्टका प्रकाशक तथा गोरखापत्र राष्ट्रिय दैनिक कञ्चनपुरका समाचारदाता राजेन्द्र प्रशाद अस्वथीलाई सनराईज पब्लिक स्कुलका पिन्सिपल बताउने गंगा चालिसेले दिएको धम्की, गाली गलैजप्रति महासंघ घोर निन्दा एव भत्र्सना गरेको छ ।

सनराइज पब्लिक स्कुलमा पढ्ने विद्यार्थी भनि किन समाचार प्रकाशित गरेको भन्दै प्रिन्सिपल चालिसेले पत्रकार अवस्थीलाई टेलिफोनबाट धम्की दिई गालिगलौज गर्नुका साथै पत्रिकाको समेत अपमान हुने गरी बोलिएका घटिया शब्दहरुले समग्र पत्रकार जगतकै अपमान भएको महासंघको ठहर छ । महासंघ कञ्चनपुरले जारी गरेको विज्ञप्तीमा भनिएको छ –‘समाजमा शिक्षाको ज्योति फैलाउन संचालन गरिएको एउटा विद्यालयका प्रिन्सिपलले बोल्ने यस्ता शब्दले समाज कता तर्फ जाँदैछ भन्ने कुराको समेत पुष्टी गर्दछ ।’

नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष विष्णुदत्त अवस्थीद्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा अब उप्रान्त पत्रकारलाई धम्की दिने र गाली गलैच गर्ने कार्य नगर्न सचेत नागरिकलाई अनुरोध गर्दै अपशब्द प्रयोग गरि पत्रकारलाई धम्कीदिने प्रिन्सिपल चालिसेलाई नेपालको संविधान २०७२ तथा मुलुकी संहिता २०७४ अनुसार गाली लगौच र मानहानी महल अन्र्तरगतको कार्बाहीको माग गरिएको छ । समाचारकै विषयालाई दिएर पिन्सिपलले पत्रकारलाई गरेको दुव्र्यवहारको चौतर्फि भत्सना एवं विरोध गरिएको छ । सुदूरखबरबाट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE