सोमवार, अशोज १२, २०७७
Monday, September 28, 2020

यस्तो बन्यो ‘ड्रिम गर्ल’को दोस्रो गीत (भिडियो)

काठमाडौं ८ भदौ । असोजमा रिलिज हुने सिनेमा ‘ड्रिम गर्ल’को दोस्रो गीत सार्वजनिक भएको छ । सोमबार फिल्मको ‘फुल टिपेर’ बोलको लोकलयमा आधारित गीत रिलिज भएको हो।

गीतमा फिल्मका मुख्य कलाकार आकाश श्रेष्ठ, आश्मा गिरी, लक्ष्मी गिरी, विल्सन विक्रम राई र पुना पूजा पराजुलीलाई बाचेको देख्न सकिन्छ ।

सार्वजनिक गीतमा अर्जुन पोखरेलको संगीत तथा स्वर छ । उनलाई गायिका दुर्गा खरेलले स्वरमा साथ दिएकी छिन् । गीतको शब्द भफिल्मका निर्देशक ऋषिराज आचार्य आफैले लेखेका हुन् । ‘

आरबी मुभिजको व्यानरमा ऋषिराजसँगै अर्जुन शर्मा, रामेश्वर धितालले निर्माण गरेको फिल्ममा आकाश श्रेष्ठ, आश्मा गिरी, विल्सनविक्रम राईका अलवा सरोज खनाल, अर्जुन श्रेष्ठ, शिशिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा, लक्ष्मी गिरी, रश्मि भट्ट, सुरवीर पण्डित लगायतको अभिनय छ ।

काठमाडौँ, मुस्ताङ र थाइल्याण्डमा छायाँकन गरिएको सिनेमाको सहनिर्मातामा दक्षिण भारतको रिल एण्ड रियल सिनेमा कम्पनी छ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE