सोमवार, अशोज १२, २०७७
Monday, September 28, 2020

जीपको ठक्करबाट पत्रकार विष्ट गम्भीर घाइते

दिपायल ८ भदौ । डोटीका पत्रकार बिमल विष्ट जीपको ठक्करबाट घाइते भएका छन् । डोटीको डोटी दिपायल सिलगढी नगरपालिका–४ दिपायलमा पत्रकार विष्टलाई से १ ज ५२१ नम्बरको जीपले ठक्कर दिएको हो ।

पत्रकार विष्ट से ३ प २१५७ नम्बरको मोटरसाइकललाई दिपायलबाट डडेल्धुरातर्फ आउँदै थिए । उनीसँग मोटरसाइकलमा सवार दिपायल सिलगढी नगरपालिका–४का नन्दन महरा गम्भीर घाइते भएको प्रहरीले बताएको छ ।

पत्रकार बिष्टको टाउकोमा गम्भीर चोट लागेको छ । स्थानीय अस्पतालमा उपचार नभएपछि थप उपचारको लागि धनगढी ल्याइदैछ । दुबै जनाको अवस्था गम्भीर रहेको छ ।

चालकसहित प्रहरीले जीपलाई नियन्त्रणमा लिएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE