शुक्रबार, अशोज ९, २०७७
Friday, September 25, 2020

नारायणगढ–मुग्लिङ सडकखण्ड अवरुद्ध

चितवन २६ भदौ। नारायणगढ–मुग्लिङ सडकखण्ड आज बिहान देखि अवरुद्ध भएको छ । विभिन्न ठाउँमा पहिरो झरेकाले सो सडकखण्ड अवरुद्ध भएको हो । कालीखोला, जलवीरे र चारकिलोमा पहिरो झरेकाले गए राति देखि नै सडक अवरुद्ध भएको हो ।

अहिले पानी परिरहेकाले पहिरो हटाउन कठिन भएको प्रहरीले जनाएको छ । यस अघि सोमबार साँझ पनि परिहोले सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध भएसँगै यातायातका साधन र यात्रु अलपत्र परेका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE