बिहिबार, अशोज ८, २०७७
Thursday, September 24, 2020

चलचित्र ‘छक्का पन्जा ३’को ‘उमेर ढल्किन्छ’ रिलिज

काठमाण्डौँ २६ भदौ। गीतसंगीतको मामालामा चर्चामा रहेको चलचित्र ‘छक्का पन्जा ३’को दोश्रो गीत ‘फेरि उमेर ढल्कन्छ, पछि कालै पल्कन्छ’ सार्वजनिक भएको छ ।

नवलपरासीको सीजी ग्रुपको परिसरमा छायांकन गरिएको यो गीतको भिडियो उत्कृष्ट छ । दर्शकका लागि यो लोकेशन फ्रेस लाग्छ । निशान भट्टराई र एन्जिला रेग्मीको स्वर, अर्जुन पोखरेल र दिपकराज गिरीको शब्द, अर्जुन पोखरेलको संगीत रहेको गीतको अडियो पनि राम्रो छ ।

दशैंमा रिलिज हुन लागेको यो चलचित्रलाई दिपाश्री निरौलाले निर्देशन गरेकी हुन् । कविराज गहतराजको कोरियोग्राफी मा तयार भएको यो भिडियोलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।

विपिन मल्लको सम्पादन रहेको यो चलचित्रमा दिपकराज गिरी, दीपिका प्रसाई, प्रियंका कार्की, केदार प्रसाद घिमिरे, जितु नेपाल, निर शाह, शिवहरि पौडेल, किरण केसी, विल्सन विक्रम राई लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रको पहिलो गीत ‘पहिलो नम्बरमा’ले सार्वजनिक भएको छोटो समयमा नै १ करोड भन्दा बढी भ्यूज पाइसकेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE