शनिबार, अशोज ३, २०७७
Saturday, September 19, 2020

मन्त्री हेरफेरको हल्ला निराधार भएको गृहमन्त्री थापाको दाबी

सरकारमा कुनै फेरबदल हुँदैन

काभ्रे २६ भदौ। निर्मला पन्तको हत्याबारे छानविन गर्न बनेको उच्चस्तरीय समितिका सदस्यले दिएको राजीनामाबारे गृहमन्त्री रामबहादुर थापा बादलले चासो व्यक्त गरेका छन् । यसले आफूलाई गम्भीर बनाएको भन्दै उनले भने, किन राजीनामा आयो भन्ने विषयमा हामी छानविन गर्छौं ।’

छानविन समितिका सदस्य वीरेन्द्र केसीले सोमबार राजीनामाको घोषणा गरेका थिए । प्रदेश ७ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव समेत रहेका उनले समितिको म्याद थप भएकोमा असन्तुष्टि जनाएका छन् र घटनाका मुख्य अपराधीबाट आफूलाई असुरक्षा भएको दाबी गरेका छन् ।

गृहमन्त्री रामबहादुर थापा वादलले मन्त्री हेरफेरको हल्ला निराधार भएको दाबी समेत गरे । जिल्ला सहकारी संघ, काभ्रेको साधारणसभामा सहभागी हुन आएका मन्त्री थापाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री हेरफेर नहुने बताएका हुन् । उनले भने, ‘प्रधानमन्त्रीले स्पष्ट पारिसक्नु भएको छ, कुनै निराधार हल्लाको पछाडि लाग्नुको अर्थ छैन । सरकारमा कुनै फेरबदल हुँदैन ।’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE