मङ्लबार, अशोज ६, २०७७
Tuesday, September 22, 2020

लामो दुरीका रात्रीबसमा दुई चालक अनिवार्य

धनगढी, ११ असोज । प्रदेश सरकारले सात नम्बर प्रदेशका बिभिन्न स्थानबाट छुट्ने लामो दुरीका रात्री बसहरुमा अनिवार्य रुपमा दुई जना चालकको ब्यवस्था गर्न यातायात ब्यवसायीहरुलाई निर्देशन दिएको छ ।

प्रदेशमा यातायात ब्यवस्थापनको जिम्मेवारी बोकेको भौतिक पूर्वाधार विकास मन्त्रालयले बुधबार यातायात ब्यवसायीहरुलाई मन्त्रालयमा बोलाएर यस्तो निर्देशन दिएको हो । भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराको उपस्थितिमा मन्त्रालयका सचिव इन्द्रदेब भट्टले दुई सय किलोमिटर भन्दा लामो दुरीमा चल्ने सार्वजनिक यातायातमा दुई चालक अनिवार्य हुनुपर्ने ब्यवस्था गरिएकोले सोही अनुरुप गर्न ब्यवसायीहरुलाई निर्देशन दिएका हुन् । सचिव भट्टले संघीय सरकारको समेत परिपत्र रहेकोले मन्त्रालयले सोही अनुसार यातायात ब्यवसायीहरुसित छलफल गरेको जानकारी दिए ।

यातायात ब्यवसायीहरुसितको छलफलमा मन्त्री बोहराले यात्रीको सुरक्षाका लागि यस्तोब्यवस्था गरिएको बताए । मन्त्री बोहराले दशैं आइरहेकोले यो समयमा यात्रीहरुको चाप बढी हुने गरेकोले यात्रीहरुको सुरक्षालाई ध्यानमा राखेर मन्त्रालयले नियमनमा कडाई गर्न लागेको बताए । उनले गाडीको क्षमता भन्दा बढी यात्री नराख्न तथा यात्री बोक्ने गाडीमा ब्यापारिक प्रयोजनका सामान नबोक्न पनि यातायात ब्यवसायीलाई आग्रह गरे ।

कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठ, प्रहरी नायब उपरिक्षक हरि बहादुर वली, सशस्त्र प्रहरी नायब उपरिक्षक बिष्णु प्रसाद भट्ट, याातायात बयवस्था कार्यालयका प्रमुख बिशनसिंह थापा, ट्राफिक प्रहरी निरिक्षक अनिल उप्रेती समेतको उपस्थितिमा भएको छलफलमा यातायात ब्यवस्था कार्यालय, धनगढीले दशैं र तिहारको समयमा यात्रीहरुको सुविधाका लागि धनगढीको चौराहा र अत्तरियाको बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिने जानकारी दिएको छ ।

ट्राफिक प्रहरीले दशैं र तिहारमा यात्रीलाई सुरक्षित रुपमा गन्तब्य सम्म पु¥याउन ट्राफिक नियमको पालना गर्नुपर्ने, यात्रीको सामान भन्दा बाहेक अन्य सामान बोक्न नपाइने र सीट भन्दा बढी यात्री राखेको पाइएमा नियम अनुसार हुने कार्वाही गरिने जानकारी समेत दिएको छ । सो अवसरमा यातायात ब्यवसायीहरुले नेपाल सरकार र प्रदेश सरकारको नियम अनुसार चाडपर्वका सुरक्षित रुपमा गाडी सञ्चालन गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । छलफलमा कैलाली याातायात ब्यवसायी समिति, सुदूरपश्चिम ब्यातायात ब्यवसायी समिति र कर्णाली रिभसाइड यातायात समितिका पदाधिकारीहरुको उपस्थिति थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE