सोमवार, अशोज ५, २०७७
Monday, September 21, 2020

यी हुन् शिरमा लगाउने गहना

काठमाडौँ । सुनका गहना महिला पुरुष दुवैले लगाउने गर्दछन् । तर लगाउने भाग, गहनाको नाम र डिजाइन भने अलगअलग हुन्छ । पुरुषहरुले लगाउने सुनका गहनामा औँठी, सिग्री ब्रासलेटलगायतका गहन हुन भने महिलले लगाउने यीसँगै अन्य धेरै गहनाहरु छन् ।

हामी यहाँ अन्य गहनाको भन्दा पनि महिलाले शिरमा लगाउने केही गहनाको चर्चा गर्दैछौँ ।

१, शिरबन्दी : शिरबन्दी स्त्रीले लगाउने गहना हो । शिरबन्दी विभिन्न धातुको बन्दछ । तर सुनको शिरबन्दी विशेष मानिन्छ । नेवार समुदायमा यो गहनालाई सौभाग्यको प्रतिकका रुपमा लगाउने गर्दछन् । शिरबन्दी विभिन्न डिजाईनमा बनाइएका हुन्छन् ।

२, चन्द्रमा क्लिप : यो गहना सुन वा चाँदी दुवैको बनाइन्छ । चन्द्रमा क्लिप महिलाहरुले कपालमा चिम्टी लगायजसरी लगाउने गहना हो । यो अर्ध चन्द्रमा आकारको हुन्छ । यसको विचमा पत्थर जडित पनि हुन्छ भने कुनै कुनैमा बुट्टा कुँदिएको हुन्छ । शिरफुल : शिरफुल पनि महिलाहरुले कपालमा लगाउने गहना हो । यो फुल जस्तै आकारको हुन्छ । यसमा बुट्टा कुँदिएको हुन्छ । साथै पत्थरहरु पनि जडित हुन्छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE