सोमवार, अशोज ५, २०७७
Monday, September 21, 2020

बेडरुम फर्निचर सेलेक्सन

फर्निचरको कमाल जस्ले बेडरुमको लुक्स यसरी परिवर्तन गर्न सकिन्छ

नयाँ घर बनउँदै हुनुहुन्छ ? अनि नयाँ घरको बेडरुम कस्तो बनउने भनेर सोच्दै हुनुहुन्छ ? अथवा पुरानै घरमा पनि बेडरुमलाई नयाँ लुक्स दिने तयारी गर्नुभएको छ ? यदी त्यस्तो हो भने निम्न कुराहरुमा ध्यान दिनुस् ।

बेडरुम
बेडरुम मानिसहरुका लागि दिनभरीको थकाई मार्ने स्थान हो । बेडरुमले शारीरिक थकान मात्रै नभएर मानसिक थकान पनि हटाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । यसर्थ बेडरुम आरामदायी मात्रै होइन, लुक्स पनि आकर्षक हुन जरुरी छ ।
त्यसैले यस्तो लुकका लागि आफ्नो बेडरुमलाई एन्टिक फर्निचरले सजाउनुपर्छ ।

एन्टिक फर्निचरको छनोट
अहिले बजारमा फरकफरक साइज र डिजाइनका एन्टिक फर्निचरहरु पाइन्छन् । यदी तपाई फर्निचर खरिद गर्दै हुनुहु्न्छ भने आफ्नो घरको बेडरुमको कार्पेट एरियालाई मध्यनजर गरेर मात्रै फर्निचर खरिद गर्नुहोस् ।
बेडरुमलाई आकर्षक लुक्स प्रदान गर्नका लागि एम्बेलिस्ड हेडबोर्ड र नाइटस्टेन्ड विद भर्टिकल मिररयुक्त एन्टिक बेड खरिद गर्नुहोस् । जस्ले बेडरुमलाई आकर्षक बनाउँछ ।

एन्टिक ड्रेसर
बेडरुमका लागि एन्टिक ड्रेसर छनोट गर्दा ड्रेसर युजर फ्रेन्डली होस् भन्ने कुरामा ध्यान र्पुयाउनुपर्छ साथै त्यसमा ड्रयर्स पर्याप्त संख्यामा हुनुपर्छ जसले गर्दा स्टोरेजको समस्या आउने सम्भावना न्युन हुन्छ ।

सोफिस्टिकेटेड लुक्स
आरामदायीका साथै बेडरुमलाई सोफिस्टिकेटेड लुक दिन पनि सकिन्छ । यदी तपाई आफ्नो बेडरुमलाई सोफिस्टिकेटेड लुक्स दिन चाहानुहुन्छ भने मिक्स एन्ड म्याच फर्मुला अपनाउनुस् जस्ले बेडरुम आकर्षक पनि देखिन्छ । उदाहरणका लागि यदी तपाइले प्लेटफर्म बेड खरिद गर्नभयो भने त्योसँगै एलिगेन्ट स्टाइलका टेबल–कुर्चीहरु पनि खरिद गर्नुहोस् ।
कन्टेम्प्रेरी लुक्स

बेडरुमका लागि कन्टेम्प्रेरी लुक पनि दिन सकिन्छ । यदी तपाई आधुनिक कुराहरू बढी रुचाउनुहुन्छ भने आफ्नो बेडरुमलाई कन्टेम्प्रेरी लुक्स दनुस् । यसका लागि मोर्डन फर्निचरको आवश्यकता पर्छ ।

बोल्ड लुक्स
यदि बेडरुमलाई बोल्ड लुक दिन चाहने हो भने मोर्डन फर्निचरका साथमा स्टाइलिस लाइटिङ एरेन्जमेन्ट जस्तै सेन्डिलियर केन्डल स्ट्यान्ड, टेबल ल्याम्प आदिको सहयोग लिनुपर्छ ।

स्टाइलिस लुक्स
बेडरुमलाई स्टाइलिस लुक दिन पनि सक्नुहुन्छ । यसका लागि भने तपाइले प्लेटफोर्म बेड रोज्नु पर्दछ । प्लेटफोर्म बेड देख्दा जति स्टाइलिस देखिन्छ यो त्यत्तिकै आरामदायक पनि हुन्छ ।

हस्तकला डटकमबाट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE