सोमवार, अशोज ५, २०७७
Monday, September 21, 2020

के हो ढाका कपडा ? थाहा पाइराख्नुस्

काठमाडौं । ढाकाको कपडा अहिले नेपालीको पहिचान बन्दै गएको छ । नेपालमा नेपाली ढाका टोपी, ढाकाको चोली, ढाकाको दौरा सुरुवाल जस्ता पोषाकहरु नेपालीको पहिचान मानिन्छ । अझ भनौं, पछिल्लो समयमा विवाहका बेला दुलाहलाई लगाइने पोषाक समेत अधिकांश ढाकाकै बनाइने गरीन्छ ।
के हो ढाका कपडा ?
बंगलादेशको राजधानी ‘ढाका’ र ‘ढाका’ कपडाको नाम सुन्दा र लेख्दा पनि उस्तै छन् । वास्तवमा ढाका कपडाको नामाकरण पनि बंगलादेशको राजधानी ‘ढाका’कै नाममा आधारित छ ।

मुगल साम्राज्य र संस्कृतिको विस्तारसँगै एसियाई इस्लामिक समाजमा लोकप्रिय भएको ‘ढकाइ’ वा ‘जामदानी’ बुनाइ नै पछिल्लो समयमा नेपली ढाकाको रुपमा नेपालमा समेत प्रचलित भएको बताइन्छ । अहिले पनि यो बुनाइ मुस्लिम आवादी बढी भएको बंगलादेशको राजधानी ढाका शहर वरपर उत्तिकै चलन चल्तिमा रहेको पाइन्छ ।

 

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE