शनिबार, अशोज ३, २०७७
Saturday, September 19, 2020

डोटीमा ७४ वर्षीया वृद्वा बलात्कृत

रोजेन्द्र जोशी डोटी १६ असोज। बडिकेदार गााँउपालिका बस्ने एक ७४ वर्षीया वृद्वा बलाकृत भएकी छिन् । बडिकेदार गाउँपालिका ३ अन्तरगत सुनालेक मेहेलि ग्रामिण सडक खण्डमा हिड्दै गरेकी ७४ वर्षीया वृद्वा सोमबार विहान बलात्कृत भएकी हुन् । वृद्वा बाटोमा एक्लै हिडिरहेको मौका छोपी बोगटान गाउँपालिका १ बस्ने वर्ष २२का गणेश भन्ने एकेन्द्रबहादुर धामीले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय डाटीले जनाएको छ ।

वृद्वा महिलाले गुहार मागेपछि स्थानीयले बलात्कार गर्नेलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार धामि माथि अनुसन्धान भईरहेको र निज माथीकरणी सम्वन्धी मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक धुव्रबहादुर विष्टले जानकारी दिनु भएको छ । असोज महिनामा यो समेत गरि ४ ओटा बलात्कारको घटना सार्वजनिक भएका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE