शनिबार, अशोज ३, २०७७
Saturday, September 19, 2020

मुख्यमन्त्री र अष्ट्रेलियन राजदुतबीच शिष्टाचार भेट

धनगढी १६ असोज  । सुदूरपश्चिम प्रदेशका माननीय मुख्यमन्त्रि त्रिलोचन भट्ट र नेपालका लागी अष्ट्रेलियन राजदुत पेटर बडबीच शिष्टाचार भेट भएको छ ।

मुख्यमन्त्री भट्ट र राजदुत बडबीच दिउसो १ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट भएको हो । भेटका क्रममा मुख्यमन्त्रि र राजदुतबीच आपसी दुईपक्षिय हितका बारेमा छलफल भएको बताईएको छ ।

भेटका क्रममा मुख्यमन्त्रि भट्ट र राजदुत बडबीच अष्ट्रेलियन सरकारले सुदूरपश्चिम प्रदेशमा सहयोग गर्दै आएका बिभिन्न परियोजनाहरुका बारेमा छलफल भएको र आगामी दिनमा पनि निरन्तर सहायता रहने जानकारी गराउनु भएको मुख्यमन्त्रि ज्यूको स्वकिय सचिवालयले जनाएको छ । राजदुत बडसंग डब्लुएफपीका नेपाल प्रतिनिधि पनि सहभागी थिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE