बिहिबार, अशोज ८, २०७७
Thursday, September 24, 2020

तामाको भाँडा बनाउने पेशा संकटमा

युवापीढी विदेशिन थालेपछि कालिगढको अभाव

प्यूठान २२ असोज। पछिल्लो समयमा प्यूठान जिल्लामा तामाका भाँडा बनाउने कालिगढ अभाव हुन थालेको छ । तामाका भाँडा बनाउने कालिगढको अभाव भएसँगै तामाको भाँडा बनाउने व्यवसायसमेत संकटमा पर्न थालेको छ । पछिल्ला पीडीहरु यो व्यवसायमा लाग्न नचाहाने र अधिकांश युवा रोजगारका लागि विदेशिने क्रम बढेसँगै यो व्यवसाय संकटमा पर्न थालेको हो ।

घरेलु उद्योगका रुपमा सञ्चालन हुँदै आएको यो व्यवसायलाई हेलाको दृष्टिले हेर्ने गरिएको कारण पछिल्लो पीडी तामाको भाँडा बनाउने व्यवसायमा आउन नचाहाने गुमानसिंह सुनार बताउँछन् । उनका अनुसार अहिले जिल्लाको दाखाक्वाडी, बिजुवार जुम्री र बाग्दुलामा मात्रै तामाका भाँडा बनाउने गरेका छन् । उनी विगत २५ वर्षदेखि जुम्रीमा तामाका भाँडा आएका छन् ।

यो व्यवसायमा कालिगढसँगै लगानीकोसमेत समस्या भएको सुनारले सुनार बताउँछन् । विगतमा छरसात जनालाई रोजगार दिएपनि हाल उनीहरु विदेश पलायन भएकाले अहिले श्रीमती प्रेमकला र छोरा एकराजले उनलाई सघाउँदै आएका छन् । यो व्यवसायबाट मासिक २० हजारसम्म आम्दानी गर्ने गरेका सुनारले वार्षिक पाँच लाखसम्मको कारोवार हुने गरेको बताउँछन् ।

जिल्लाको दाखाक्वाडीमा यही पेशा गर्दै आएका लिलाबहादुर टमटालाई पनि सुनारको जस्तै समस्या र चिन्ता छ । उनी पनि कालिगढको अभावका कारण बजारको माग धान्न नसकिएको बताउँछन् । विसं २०६८ सालदेखि तामाका भाँडा बनाउने व्यवसाय थालेका टमटाले वार्षिक करीब रु १४ लाखसम्मको कारोवार गर्दै आएका छन् । तर अहिले उनको उद्योगमा चार जनामात्रै कामदार छन् । उनका अनुसार यती कामदारले बजारको माग धान्न धौधौ भएका छ ।

कालिगढकै अभावमा यो पेशा सङ्कटमा पर्दै गएको उनको भनाई छ । गाउँघरमा उनले गाग्री, ताउला, अमखोरा, माना, पाथी, परादलगायत तामाका भाँडा बनाउँदै आएका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE