मङ्लबार, अशोज ६, २०७७
Tuesday, September 22, 2020

धनगढीमा दसैं मेला आयोजना हुँदै

धनगढी, २३ असोज । हिन्दूहरुको महान पर्व दसैंलाई लक्षित गरेर धनगढीमा दसैं मेला आयोजना गरिदैंछ ।

कैलाली उद्योग वाणिज्य सङ्घको सहकार्यमा धनगढीको पार्क मोडदेखि सेती अञ्चल अस्पताल क्षेत्रसम्म मेनरोड बजार व्यवस्थापन समितिले दसैं मेलाको आयोजना गर्न लागेका हुन । उक्त मेला घटस्थापनाको दिनदेखि सुरु हुने उनीहरुले जानकारी दिएका छन् ।

मेनरोड क्षेत्रमा आयोजना हुन गइरहेको मेला मेला कार्तिक १ गतेसम्म चल्ने जनाइएको छ । मेलाको लागि व्यवसायीले आ–आफ्नो पसललाई सिंगारेका छन् । मेला अवधिभरी विभिन्न सांस्कृतिक कार्यक्रम गरिनुका साथै राति १० बजेसम्म पसल खोल्ने व्यवसायी आरपी अवस्थीले जानकारी दिए ।

उनले दसैंको अवसरमा ग्राहकलाई सूपथ मूल्यमा स्तरीय सामान उपलब्ध गराउने उद्देश्यका साथ मेलाको आयोजना गर्न लागेको बताए । ‘यसले हाम्रो व्यापार, व्यवसायमा समेत फाइदा हुनेछ’, उनले भने ।

मेलाको तयारी तीव्र रुपमा अगाडि बढाइएको छ । ग्राहकहरुलाई स्वागत गर्नका लागि मुख्य सडकमा स्वागत गेट समेत बनाइएको छ । गतवर्ष पनि व्यापारीहरुको आफ्नै पहलमा सो क्षेत्रमा दसैं मेला लगाइएको थियो । पश्चिमटुडेबाट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE