शुक्रबार, अशोज ९, २०७७
Friday, September 25, 2020

ट्रयाक्टर पल्टिँदा दुई जनाको मृत्यु

धनगढी, २३ असोज । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा पर्ने लालमोटिया डाँडा नजिक मङ्गलवार मध्याह्न १२ बजेतिर ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

फलेबिसौनाबाट ढुङ्गा लोड गरेर बौनियातर्फ आउँदै गरेको से १ त ३९६९ नम्बरको ट्रयाक्टर पल्टेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । दुर्घटनामा परी ट्रयाक्टर चालक बर्दगोरिया गाउँपालिका–१ का अन्दाजी ४१ वर्षीय डागु चौधरी र ट्रयाक्टरमा सवार सोही ठाउँका कामदार सुरज कठरियाको मृत्यु भएको छ ।

घटनामा परी अर्का कामदार भीम कठरिया घाइते भएको जनाइएको छ । घाइते कठरियाको बौनिया बजारस्थित बर्दगोरिया अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE