शनिबार, अशोज ३, २०७७
Saturday, September 19, 2020

नेपाल कलाकार संघका अध्यक्ष बोगटीको निधन

काठमाडौं २३ असोज । नेपाल कलाकार संघका अध्यक्ष रामकेशर बोगटी दुर्घटनामा परेर निधन भएको छ । आज बिहान ललितपुरको टिकाथलीस्थित आफ्नै घरअगाडि रुखले किचेर सख्त घाइते भएको उनको उपचारका क्रममा ललितपुरस्थित बिएण्डबी अस्तालमा निधन भएको हो ।

घाइते भएलगत्तै अध्यक्ष बोगटीलाई ललितपुरको ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा उपचार लगिएको थियो । अस्पताल पुर्याएलगत्तै अस्पतलालले उनको निधनको पुष्टि गरेको हो । उनको पार्थिव शरीरलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ ।

चलचित्र छायाँकनका लागि बोगटी स्टुडियो निर्माण गरेका बोगटी साना पर्दा तथा ठूला पर्दाका राम्रा कलाकार मानिन्थे । बोगटी स्वाभिमान र माया गर ल चलचित्रका निर्माता हुन् । उनले दर्जन बढी चलचित्र तथा टेलिश्रृंखलामा अभिनय गरेका छन् ।

उनले केही चलचित्र पनि निर्माण गरेका थिए । हाल चलचित्र कलाकार संघका अध्यक्ष समेत रहेका उनले आफनै निजी लगानीमा कलाकार संघको भवन निर्माणको मुद्दा उठाएर चौधौं महाधिवशेनबाट संघको नेतृत्वमा पुगेका थिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE