बिहिबार, अशोज ८, २०७७
Thursday, September 24, 2020

आँखुखोलाको सेयर आजदेखि खुल्यो

काठमाडौं २३ असोज । आँखुखोला जलविद्युत आयोजनाको आइपिओ बिक्री आजबाट (असोज २३) खुला भएको छ । १०० रुपैयाँअंकित मूल्यको १३ लाख ७६ हजार २० कित्ता सेयर बिक्री खुला भएको हो । यसमध्ये २७ हजार ५ सय २० कित्ता कम्पनीका कर्मचारी र ६८ हजार ८०१ कित्ता सामुहिक लगानी कोषलाई छुट्याइएको छ ।

आँखुखोलाको आइपिओमा आवेदन दिन चाहनेले न्युनतम ५० कित्ता र अधिकतम ६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । सिआस्वा सदस्य बैंक तथा वित्तिय संस्थाबाट आवेदन फारम भर्न र बुझाउन सकिने बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडले जनाएको छ ।

आँखु खोलाले यसअघि आयोजना प्रभावित धादिङ जिल्लाका स्थानीयलाई निष्काशन गर्दा बिक्री नभएको १ लाख ७६ हजार २० कित्ता सेयर सहित गरेर अहिले १३ लाख ७६ हजार २० कित्ता सेयर निष्काशन गरेको हो । यस आपिओका लागि असोज २६ गतेसम्म आवेदन दिन सकिनेछ ।

यदि सो समयमा पनि पर्याप्त आवेदन नपरेको खण्डमा भने कात्तिक ६ गतेसम्म आवेदन दिने म्याद थप हुनेछ । आँखुखोलाको आइपिओलाई इक्रा नेपालले गे्रडिङ ५ दिएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE