सोमवार, अशोज ५, २०७७
Monday, September 21, 2020

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री बिहानै पुगे ‘गौरीफन्टा’ नाका

धनगढी,२४ असोज । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट बुधबार झिसमिसे बिहानै गौरीफन्टा सिमा नाका पुगेका छन् । दशै नजिकिदै गर्दा दशैै मनाउन घर फर्कनेहरु सिमामै लुटिने गरेको सर्बसाधारणको गुनासो बढेपछी मुख्यमन्त्री भट्ट बिहानै ६ बजे गौरीफन्टा नाका पुग्नु भएको हो । उहाले भारतबाट आएका नेपालीहरुसँग सिमामा ब्यहोर्नु परेका समस्याका बारेमा भेटेरै कुराकानी गर्नु भएको छ ।

गौरीफण्टा नेपालीहरु आउने मुख्य नाका भएकाले रोजगारीका लागि भारत गएकाहरु अहिले घर फर्किनेक्रम बढेको छ । घर फर्कने क्रममा भारतीय सिमा सुरक्षा बल र प्रहरीबाट अनाबश्यक दुख र लुटिने गरेका छन् ।

सो बारे मुख्यमन्त्री भट्टले सिमामा आउने नेपालीले बिभिन्न झन्झट र समस्या भोग्न नपरोस भन्ने उदेश्यले गौरीफन्टा सिमा क्षेत्रमा सशस्त्र प्रहरी बल एसएसबीले थापना गरेको संयुक्त हेल्प डेस्कको बारेमा पनि जानकारी लिनु भएको छ ।

नेपालमा प्रबेश गर्दा पनि सिक्सा र अटोहरुले मनपरी भाडा लिने गरेका कारण नेपालीहरु निकै मारमा पर्ने गरेका छन् । मुख्यमन्त्री भट्टले रिक्सा र अटो चालकसंग पनि सो बारे कुराकानी गर्दै मनपरी भाडा नलिन पनि निर्देशन दिनु भएको छ ।

त्यसैगरी मुख्यमन्त्री भट्टले त्रिनगर प्रहरी चौकीमा भर्खरै स्थापना गरिएको मलेरिया परिक्षण उपचार तथा मरामर्श हेल्थ डेस्क र भन्सार कार्यालयको पनि निरिक्षण गर्नु भएको छ । निरिक्षणका क्रममा भन्सार कार्यालय प्रमुख लाई चोरीनिकासी र अबैध मालको ओसार पसारलाई कडाई पूर्वक रोक्न निर्देशन दिनु भयो ।

दशैै मनाउन घर फर्कदै गरेका नेपालीहरुले समस्या भोग्नु नपरोस भनी बुझ्न मुख्यमन्त्री भट्ट गौरीफन्टा नाकामा पुग्नु भएको मुख्यमन्त्रीका प्रमुख स्वकिय सचिब शिवसिंह ओलीले बताए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE