सोमवार, अशोज ५, २०७७
Monday, September 21, 2020

बडादशैंको अवसरमा मुख्यमन्त्रीको चियापान

धनगढी । नजिकिदै गरेको हिन्दुहरुको महान चाड बडादशैं,शुभ दिपावली तथा छट पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले चियापान कार्यक्रम आयोजना गरेका छन् ।

सो अवसरमा मुख्यमन्त्री भट्टले प्रदेशलाई समृद्ध बनाउन सबैको सहयोगको अपेक्षा गर्दै बडादशैं,शुभ दिपावली र छट पर्वको शुभकामना दिएका छन् ।
कार्यक्रममा प्रदेश प्रमुख मोहनराज मल्ल, सभामुख अर्जुनबहादुर थापा, मन्त्रीहरू, उपसभामुख,नव नियुक्त राज्यमन्त्री, प्रदेश सभा सदस्यहरू, प्रदेश सरकारका सचिवहरू लगायतको उपस्थिति रहेको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE