शनिबार, अशोज ३, २०७७
Saturday, September 19, 2020

रवि वड धनगढी आउँदै, विमानस्थलमा भव्य स्वागत गरिने

धनगढी, २७ असोज सर्वाधिक रुचाइएको ‘सांगितीक रियालिटी सो’ नेपाल आइडल सिजन-२ मा सुदूरपश्चिमबाट एक मात्र प्रतिस्पर्धी बाँकी छन् । ती हुन् कञ्चनपुरका रवि वड । अहिले रविको चर्चा सुदूरपश्चिममा मात्रै होइन, नेपालमा मात्र पनि होइन उनको चर्चा विदेशमा पनि शिखरमा छ ।

सुमधुर स्वरका धनी रविले नेपाल आइडलमा आफ्नो जादूमय आवाजले सबैको ध्यान तानेका छन् । र, उनको यात्रा निरन्तर बढिरहेको छ । रवि आइडलको टप ९ मा पुग्न सफल भएका छन् । बिहीबार उनले टप ९ मा पुग्नका लागि भोटको अपिल गरेका थिए । शुक्रबार सार्वजनिक नतिजाअनुसार रविको यात्रा अगाडि बढेको छ । अर्थात्, उनी उत्कृष्ट ९ प्रतिस्पर्धीभित्र स्थान बनाउन सफल भएका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE