सोमवार, असार २९, २०७७
Monday, July 13, 2020

पर्यटकीय नगरी पोखरा अब बेलुनमा बसेर घुम्न पाइने

३० कार्तिक, काठमाडौं । बेलुनमा उडेर पर्यटकीय नगरी पोखराको मनोरम दृश्यावलोकन गर्न सकिने भएको छ ।

बेलुन प्रालि नेपाल, काठमाडौंले नेपालको पर्यटनको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल साहसिक खेल बेलुनमा बसेर पोखराको दृश्यावलोकन गर्ने चाँजोपाँचो मिलाउँदैछ ।

शनिबार बिहानबाट उडान शुरु हुने प्रालिका सञ्चालक सदस्य प्रवीण महर्जनले जानकारी दिए । पोखरालाई पर्यटनसँगै खेल पर्यटनको पनि केन्द्र बनाउने उद्देश्यसहित उडान शुरु गर्न लागिएको छ ।

बेलुनले पर्यटकीय नगरी पोखराको धम्पुसबाट उडान गरी मार्दी खोलाको तीरमा अवतरण गर्नेछ । यस व्यवसायबाट २५ जनाले रोजगारी पाउने बेलुन प्रालि नेपालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

उडानका लागि प्रालिले स्पेनको अल्ट्राम्याजिक बेलुन कम्पनीसँग बेलुन खरीद गरिसकेको छ । खेलका लागि आवश्यक पूर्वाधारको काम भइरहेको छ भने उडान सुरक्षित बनाउन भारतबाट तालिम प्राप्त बेलुन पाइटल ल्याइएको छ ।

नेपालमै पनि पाइलट उत्पादनका लागि निकट भविष्यमै तालीम शुरु गरिने महर्जनले जानकारी दिए । प्रालिले नेपाली पर्यटकलाई प्रतिव्यक्ति ११ हजार तथा विदेशी पर्यटकका लागि प्रतिव्यक्ति १६० अमेरिकी डलर शुल्क लिई एक पटकमा आठ पर्यटकलाई उडान गर्नेछ ।

नेपालको आर्थिक मेरुदण्डको रूपमा रहेको साहसिक खेलमार्फत पर्यटकलाई थप आकर्षित गरिने प्रालिले विश्वास लिएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिरणबाट इजाजत लिई शुरु गर्न लागिएको साहसिक खेलसँगै निकट भविष्यमा ‘हट एयर’ बेलुनबाटै स्काइडाइभ, बन्जी जम्प र हट एयर बेलुनसँग सम्बन्धित अन्य सहासिक कार्यक्रम गर्दै जाने प्रालिले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE