सोमवार, असार २९, २०७७
Monday, July 13, 2020

जनावरको यौन संसार : केही रोचक र अचम्मका जानकारी

२ मंसिर,काठमाडौं । मानिससंगै जनावरको पनि यो विश्वमा आफ्नो छुट्टै संसार छ । आफ्नौ दुनियाँमा रमाउने जनावरको अनेकौं क्रियाकलपले हामी मानवजातीलाई अचम्म पार्ने गर्छ । कहिलेकाँही हामीलाई यीनीहरुको संसारको बारेमा जान्न पनि मन लाग्छ । यीनीहरुको भाषा, खाना, सम्वन्ध, स्वर आदि सम्पुर्ण कुराले मानव जातीलाई एकछिन सोच्न बाध्य बनाउँछ ।

कति कुरा त हामी उनीहरुको कियाकलापबाट पनि सिक्छौं र कति कुरा हामी उत्सुक मात्र हुन्छौं । जनावरको यौन क्रियाकलाप र यौनसंग सम्वन्धित रोचक जानकारीहरु हामी तपाईलाइ दिन्छौं ।

१) के तपाईलाइ थाहा छ महिला कंगारुको शरीरमा ३ वटा यौनअंग हुन्छ । ३ वटा अंगबाट गर्भधारण गर्न यीनीहरुलाइ निकै सजिलो हुनेगर्छ।
२ं) सर्पको यौन जीवन कस्तो हुन्छ होलारु सर्प समलिंगी हुन्छन् । आवश्यकता परेको बेला दुइ भाले आपसमा यौन सम्पर्क राख्ने गर्छन् ।
३) भाले गोहीको लिंग जीवनको कुनै पनि समय यौनसम्पर्कको लागि सक्रिय रहन्छ ।
४) हाँसमाथि यौन हिंसा हुनु सामान्य जस्तै हुन्छ । किनकि भाले हाँसको भिडले पोथि हाँसलाई जवरजस्ती यौन क्रियाकलाप गर्न खोजी रहेका हुन्छन् । तर उनीहरु सफल भने हुन सक्दैनन किनकी पोथी हाँसको योनीमा हुने मांसपेशी यति कडा हुन्छ कि त्यो भाले हाँसले चाहेर पनि केहि गर्न सक्दैन ।
५) अर्जेन्टीनामा पाइने हाँसका प्रजातीले पोथी हाँसलाई यौन सम्र्पकको लागि आफ्नो गुप्ताङ्कलाई गहनाको रुपमा प्रयोग गर्ने गर्छन । यसले आफ्नो लिङ्गको आकार पनि लम्वाई धेरै लामो बनाउन सक्छ जसले पोथी हाँसलाई सजिलै वसमा राख्न सक्छन् । र पोथी हाँसहरु पनि लामो लिङ्ग देखेर आर्कषित हुने गर्छन् ।
६) दुम्सीको यौन जीवन पनि निकै रोचक छ । यौन सम्पर्कको समय अघि गरिने फोर प्लेको क्रममा भाले दुम्सीले पोथी दुम्सीमाथि पिशाव फेर्ने गर्छन् । यसको अर्थ अब दुम्सी यौन सम्र्पकको लागि तयार छ र कसैले यसमा बाधा नडालुन् ।
७) भाले हात्तिको गुप्ताङ्गको तौल ६० किलो सम्म हुन्छ भन्ने सुन्दा तपाइलाई आश्चार्य लाग्न सक्छ । आवश्यकता अनुसार हातीले यसलाइ आफ्नो खुट्टाको रुपमा पनि प्रयोग गर्न सक्छ ।
८) भाले फट्याङ्ग्राले यौन क्रियाकलापको समयमा पोथी फट्याङ्ग्राको टाउको काटी दिन्छ । टाउको काटिएपनि दुइ फ्ट्याङ्ग्राले यौन क्रियाकलापलाई अगाडी बढाइरहन्छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE