शुक्रबार, अशोज ९, २०७७
Friday, September 25, 2020

गाउँपालिका महासंघको अध्यक्षमा ओझा

१३ मंसिर,डोटी । गाउँपालिका राष्ट्रिय महासंघ नेपाल सुदूरपश्चिम प्रदेशको अध्यक्षमा डोटीको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा सर्वसम्मत चयन भएका छन्। मंगलबार र बुधबार दुई दिन चलेको सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनमा ओझा अध्यक्ष सर्वसम्मत भएका हुन्। उपाध्यक्षमा मालिकार्जुन गाउँपालिका दार्चुलाका पुष्पा अवस्थी, सचिवमा मालिकार्जुन गाउँपालिका दार्चुलाका नरेन्द्र धामी, कोषाध्यक्षमा रामारोशन गाउँपालिका अछामका सरस्वती रावल र सहसचिवमा छेडेदह बाजुराका कुन्ती साउद बुढा चयन भएका छन्।

तत्कालीन छबिस पाथीभेरा बझाङका अक्कलबहादुर धामी, गौमूल बाजुराका हरिबहादुर रोकाया, नवदुर्गा डडेल्धुराका कविन्द्र विष्ट, बेल्डाँडी कञ्चनपुरका कमला कार्की र सुर्नाया बैतडीका लिला विष्ट, जोशीपुर कैलालीका गीता कडरीया, बान्नीगढी–जयगढ अछामका राजेन्द्र खड्का र सिगास बैतडीका द्रोपती चन्द, कैलारी कैलालीका लक्ष्मी सत्गौवा सदस्य चयन भएका छन्।

अध्यक्ष र उपाध्यक्ष तत्कालीन नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन त्यस्तै गरी सचिव र सह सचिवमा कांग्रेसबाट निर्वाचित र कोषाध्यक्षमा तत्कालीन नेकपा माओवादीबाट निर्वाचित गाउँपालिकाका जनप्रतिनिधि छन्।

त्यसैगरी सदस्यहरूमा तत्कालीन एमालेका पाँच, कांग्रेसका तीन र तत्कालीन माओवादीका एक जनप्रतिनिधि छन्। स्थानीय तहको अर्को निर्वाचन नभएसम्म कार्यकाल रहने गरी महासंघको प्रदेशस्तरीय नयाँ कार्य समिति चयन भएको हो।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE