शुक्रबार, अशोज ९, २०७७
Friday, September 25, 2020

छैटौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको लोगो सार्वजनिक, रेमन उत्कृष्ट घोषित

२८ मंसिर, काठमाडौं । छैटौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियडको लोगो सार्वजनिक भएको छ ।

प्रतियोगितामा सामेल ८३ लोगोमध्येबाट बालुवाटारका रेमन बालाको लोगो उत्कृष्ट घोषित भएको हो ।

बालाले एक्मी इन्जिनियरिङ कलेज, सीतापाइलाबाट कम्प्युटर इन्जिनियरिङ सकाएका हुन् । उनलाई ५ हजार नगद तथा प्रमाणपत्र प्रदान गरिने कार्यक्रम छ । उक्त लोगो छैटौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियड २०१९ को औपचारिक लोगो हुनेछ ।

समाजमा राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियडसम्बन्धी जनचेतना जगाउन सन् २०१३ देखि प्रत्येक वर्ष लोगो प्रतियोगिता आयोजना हुँदै आएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE