शनिबार, साउन २४, २०७७
Saturday, August 8, 2020

गरीबको झुपडीमा टिनको छानो

स्थानीय सरकारको सर्बत्र चर्चा

२७ साउन,तेह्रथुम,इन्द्र नेपाली । तत्कालीन नेकपा एमालेको तर्फबाट स्थानीय तहको निर्वाचनमा फेदाप गाउँपालिकाको अध्यक्षमा निर्वाचित हरि प्रसाद चोङबाङले सुरुवात गर्नु भएको नीतितथा कार्यक्रमको सर्बत्र चर्चा सुरु भएको छ।

चोङबाङले निर्वाचनमा तत्कालीन नेकपा एमाले पार्टीले घोषणा गरेको घोषणा पत्रमा उल्लेख गरिअनुरुपका जतनताइ प्रत्यक्ष लाभ पुग्ने योजनाको कार्यनीति तय गरि कार्यान्वयनसंगै चोङबाङको यो अभियानले जनताको पीडामा मलम पट्टिको महसुस नागरिकले गरेका छन।

जसको एउटा सफल उदाहरण हो,फेदाप गाउँपालिकाले आफ्नो तोमर र खोरुगाखोलासंग जोडिएका सुख्खा छेत्रका नागरिकलाई उच्च प्राथमिकतामा राखेर यसै आर्थिक बर्ष देखि जस्तापाता बितरण कार्यको सुभारम्भसंगै खरमुत्तm गाउपालिका कार्यक्रम ।

चोङबाङकै नेतृत्वमा रहेको स्थानीय सरकारकले आर्थिक बर्ष ०७५/७६ मा नीति तथा कार्यक्रम बनाएर सिंगो गाउँ पालिकालाइ नै खरको छाना मुक्त गाउँपालिका बनाउने अभियान सुरु गरेको छ। हिउद त जसोतसो जानेथियोे तर चित्राको छाना चुहिएर बर्खा त काट्न मुस्किल हुन्थ्यो ८८ बर्सिय बृद्धा फेदाप गाउँ पालिका तीन जल्जले बस्ने नरमाया लिम्बुले बताइन,उनका अनुसार यतिकै मरिन्छ जस्तो लागेथ्यो स्थानीय सरकारले जस्ता पाता दिए सगै आफुलाइ सरकार प्रती पुर्ण भरोसा रहेको बताइ।

स्थानीय सरकारको गठन सगै नागरिकको सेवामा लागेको स्थानीय सरकारको अहिले सर्बत्र चर्चा पाएको छ।

आर्थिक अभावमा रहेका नागरिकलाई जस्ता पाता खरिद गर्न नसकेर खर,पराल चित्राले छाना छाइरहेका सवै नागरिकको घरमा गाउँपालिकाले जस्ता पाताद्वारा छाउने कार्य सुरुवात गरिएको हो। फेदाप गाउँपालिकालाई खरको छानामुक्त गाउँपालिका बनाउने अभियान स्वरूप गाउँ सभाबाट बजेट बिनियोजन गरि खरको छानो हटाउने अभियान सुरु गरिएको गाउँपालिका अध्यक्ष हरि चोङबाङले बताए ।

सवै नागरिकका घरमा रहेको खरको छानो हटाउन गाउँपालिकाले ३० लाख बजेट बिनियोजन गरेको थियोे । पिउने पनि को अभावमा रहेको सुख्खा क्षेत्रका बस्तीका नागरिकको घरका छाना खरले छाइएका छन् ।

सुख्खा भएकै कारण बर्सेनि आगलागीको उच्च जोखिममा समेत रहेकाले खर हटाएर जस्ता पाता लगाउन सुरु गरेको अध्यक्ष चोङबाङले बताउनु भएको छ । पहिलो चरणमा गाउँ पालिकाले सुख्खा जलजले र सिम्लेका ५१ घर परिवारलाई वितरण सुरु गरिको छ।

गाउँपालिकाले कार्यबिधी निर्माण गरि पहिलो चरणमा गरिब, दलित, अपाङ्ग,एकल महिला पिछडिएका समुदायलाई पहिलो चरणमा जस्ता पाता बितरण सुरु गरेको छ। यश बर्ष सिम्लेलाईका ३० जलजलेका २० र इसिबुका १ गरि ५१ परिवार लाभान्वित हुने छ्न। आर्थिक बर्ष ०७६/०७७ मा गाउँ पालिकाले ५० लाख बिनियोजन गरेको छ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE