शुक्रबार, अशोज ९, २०७७
Friday, September 25, 2020

सुनको भाउ आकासियो

३० साउन,धनगढी । बुधबार घटेको सुनको मूल्य आज फेरि बढेको छ । प्रतितोला ७१ हजार ५०० रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै सबभन्दा बढी मूल्य हो । यसअघि साउन २८ गते ७१ हजार पुगेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाला सुनको मूल्य अहिलेसम्मकै सबभन्दा बढी कायम गरेको हो । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ७१ हजार २ सय पुगेको छ ।

त्यसैगरी, चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेको छ । बुधबार प्रतितोला ८ सय २० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहिबार ८ सय ४० मा कारोबार भएको छ । अमेरिका र चीनको व्यापार युद्ध र अमेरिकाको केन्द्रीय बैंकले ब्याजदर घटाउनुलाई नै अहिले सुनको मूल्य बढ्नुको प्रमुख कारण मानिएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE