फुर्सदको समयमा ढकिया बुन्दै थारु महिला

३२ साउन,कञ्चनपुर । पछिल्लो समयमा लोप हुँदै गएको ढकिया कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ बञ्जरियाका थारु महिलाहरुले भने ढकिया बुन्ने कामलाई निरन्तरता दिँदै आएका छन् । उनीहरु व्यवसायिक रुपमा नभए पनि फुसर्दको बेला घरभित्र बसेर ढकिया बुन्ने गर्छन् । ढकिया विशेषगरी घरायसी सामान राख्नका लागि प्रयोग गरिन्छ ।
ढकियाको प्रयोग अन्य समुदायमाभन्दा थारु समुदायमा बढी हुने गरेको छ ।
तस्बिरः राजेन्द्रप्रसाद पनेरु
WRITE COMMENTS FOR THIS ARTICLE