सोमवार, कार्तिक १०, २०७७
Monday, October 26, 2020

बादी महिलालाई सिलाइकटाई तालिम

६ भदौ,सुखड,लोकु सिंह ठकुरी । बादी महिलाहरुको उत्थानका लागि ६ महिने सिलाईकटाई तालिम शुरु गरिएको छ । कैलालीको बर्दगोरिया गाँउपालिका १ का १२ जना बादी महिलाहरु तालिमबाट आत्मनिर्भर बन्ने बिश्वास लिईएको छ । बादी महिलाहरुलाई सिपमुलक तालिमबाट आत्मनिर्भर बनाई आय आर्जनको पाटो समेत बलियो बनाउने तालिमको उदेश्य रहेको छ ।

बिगत देखी नै पछाडी पारिएका तथा बिभेदको दृष्टिकोणबाट हेपिएका बादी समुदायका महिलाहरु स्वरोजगार बन्न सके सामाजिक बिभेदमा समेत कमी हुने उनीहरु बताउछन । आय आर्जनको पाटो बलियो भएका तथा ब्यापार ब्यवसायमा लागेका बादी समुदायका ब्यक्तिहरुलाई समाजले हेर्ने दृष्टिकोण बिगतको भन्दा सकारात्मक देखिएको उनीहरु बताउछन । स्वर्गीय चर्च मण्डलीको आर्थिक सहयोगमा शुरु गरिएको सिलाईकटाई तालिमको सहजिकरण स्थानीय श्यामलाल रिमाकोटीले गरिरहेका छन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE