सोमवार, कार्तिक १०, २०७७
Monday, October 26, 2020

बझाङमा ‘फोर जी’ सेवा विस्तार गरिँदै

७ भदौ,बझाङ, प्रताप ओली ।बझाङमा सञ्चालित नेपाल टेलिकमका टावरबाट ‘फोर जी’ सेवा विस्तार गरिँदै केही महिनाअघि मात्रै साईपाल गाउँपालिका नेपाल टेलिकमको टेलिफोन सञ्जालमा जोडिएसँगै बझाङ जिल्लाका अधिकांश ठाउँमा टेलिफोनको पहुँच पुगेको छ ।

यद्यपि, कतिपय ठाउँमा भने अझै टेलिफोनको सहज पहुँच पुग्न सकेको छैन । बझाङमा टेलिफोन प्रयोग कर्ताको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको छ । टेलिकमको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५/७६ सम्ममा बझाङमा नेपाल टेलिकमका ग्राहक झण्डै ९० हजार जनाभन्दा बढी पुगिसकेका छन् । जसमा स्काई फोन प्रयोगकर्ता ३६ हजार, नमस्ते प्रयोगकर्ता लगभग ५० हजार रहेका छन् ।

त्यस्तै, नमस्ते पोष्टपेट प्रयोगकर्ताको संख्या ५ हजार पुगेको छ भने स्काई पोष्टपेट प्रयोगकर्ताको संख्या १५ सय पुगेको छ । टेलिकमले बझाङमा आफ्ना १८ वटा टावरबाट सेवा प्रदान गरिरहेको छ भने थप २ वटा टावर निर्माणको अन्तिम चरणमा पुगेका छन् ।

मष्टा गाउँपालिकाको ढुङ्ग्राकोट र केदारस्युँ गाउँपालिकाको बाँझ स्यँकोटमा निमार्णाधिन टावर निर्माणको अन्तिम चरणमा रहेका हुन् । निर्माणाधिन उक्त दुई टावर सञ्चालनमा आएपछि जिल्लाभर २० वटा टावरबाट सेवा प्रदान गरिने भएको छ ।

टेलिकमका अनुसार बैतडी र बझाङको सिमाना जजल्लाबाट पनि सेवा दिइने भएको छ । त्यस्तै, बझाङको लागि प्रमुख टावरको रुपमा रहेको केदारस्युँ गाउँपालिकाको केदार र खप्तडछान्नामा रहेका बान्ता टावरको पनि स्तरउन्नती गरिने भएको छ ।

टावर जीर्ण हुँदै गएको र सोलार पुरानो भएकोले समस्या हुँदै अएको उक्तटावरमा सोलार र अन्य केही उपकरण पनि थप गरिने भएको छ । छविसपाथिभेराको लेकगाउँमा रहेको टावर बाहेक अरु सबै टावर सोलारबाट सञ्चालन हुँदै आएका छन् ।

नेपाल दुरसञ्चार प्राधिकरण बझाङका सहायक व्यापार अधिकृत बमबहादुर सिंहका अनुसार जिल्लामा सञ्चालित सबै टावरहरुबाट इन्टरनेटको लागि ‘फोर जी’ सेवा पनि विस्तार गरिने भएको छ । फोरजी सञ्चालनको लागि सबै टावरहरुमा सर्भे भइसकेको सिंहले जानकारी दिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE