बिहिबार, साउन १, २०७७
Thursday, July 16, 2020

दलित परिवारको विद्युत महसुल तिरे वडासदस्यले

१५ असोज,सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका–७ गार्मामा नेपाली काँग्रेसका तर्फबाट वडा सदस्यमा निर्वाचित सोनाम ग्याल्जेन शेर्पाले दलित परिवारको विद्युत महसुल तिरिदिएका छन् । वडासदस्य तथा नगरकार्यपालिका सदस्य शेर्पाले वडाका ३२ परिवारको विद्युत महसुल तिर्दै आएका छन् ।

सदस्य शेर्पाले नगरपालिकाको मासिक ९ हजार, दलित परिवारको ६ हजार गरी करिब १५ हजार रुपैयाँ विद्युत महसुल तिर्दै आएका छन् ।

गार्मास्थित नाजिङमा चाडपर्वको शुभकामना आदानप्रदान गर्न आयोजित कार्यक्रममा शेर्पाले दलित समुदायका घुरमुलीलाई पछिल्लो ६ महिनाको महसुलबापतको रकम वितरण गरेका छन् । नागरिकदैनिकबाट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE