सोमवार, असार २९, २०७७
Monday, July 13, 2020

दलित मानवअधिकारकर्मी उमेश विश्वकर्मा सम्मानित

२५ मंसिर,विराटनगर । मानव अधिकारको क्षेत्रमा क्रियाशील एक नम्बर प्रदेशमा बसेर दुई दशकदेखी दतिल मानव अधिकार क्षेत्रमा क्रियाशिल उमेश विश्वकर्मा सम्मानित भएका छन ।

मानव अधिकार सञ्जाल एक नम्बर प्रदेशले मंगलबार विराटनगरमा आयोजना गरेको ७१ औ विश्व मानव अधिकार दिवसको अवसरमा दलित मानव अधिकार रक्षक उमेश विश्वकर्मालाई सम्मान गरिएको हो ।

दुई दशकदेखी निरन्तर मानव अधिकार रक्षक भएर सक्रृय रुपले दलित समुदायको मानव अधिकार रक्षाका लागि लागि परेको भन्दै विश्वकर्मालाई एक नम्बर प्रदेशका समाजिक विकास मन्त्री जिवन घिमिरेले दोसल्ला ओढाएर प्रमाणपत्र सहित सम्मान गरे ।

निरनन्त रुपमा लागि परेका मानव अधिकारको क्षेत्रमा सक्रृय विश्वकर्मालाई एक नम्बर प्रदेशको मानव अधिकारकालागि सक्रृय नागरिक संस्थाहरुको छाता संगठन मानव अधिकार सञ्जालले सम्मान गरेको हो ।

दलित मानव अधिकार रक्षक उमेश विश्वकर्मा मानव अधिकारकालागि स्रोत बिकास मञ्च (रिडेफ) नामक संस्थामा आवद्ध भएर दुई दशकदेखी मानव अधिकारको क्षेत्रमा सक्रृय छन । दलित अनलाईनबाट साभार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE