बिहिबार, असार २५, २०७७
Thursday, July 9, 2020

बालमैत्री विपद् जोखिम न्यूनिकरण बारे साझा सवाल

धनगढी, १० माघ : बालमैत्री विपद् जोखिम न्यूनिकरण सम्बन्धी घोडाघोडी नगरपालिकामा साझा सवाल कार्यक्रम गरिएको छ । वल्र्ड भिजन ईन्टरनेसनल नेपाल र सामाजिक विकासका लागि सचेत समाजको संयुक्त साझेदारीमा संचालित नेपाल विपद् जोखिम न्यूनिकरण परियोजना अन्र्तगत बालमैत्री विपद् जोखिम न्यूनिकरण सम्बन्धी समुदाय स्तरीय साझा सवाल कार्यक्रम गरिएको हो ।

९ गते घोडाघोडी नगरपालिका वडा नं. २ सुखडस्थित दशरथ सभाहलमा साझा सवाल कार्यक्रम भएको हो ।

साझा सवाल कार्यक्रममा घोडाघोडी नगरपालिका वडा नं. २ का वडा अध्यक्ष हरिराज बिष्ट,वडा सदस्य, भलमन्सा, शिक्षक, महिला स्वास्थ्य स्वयं सेविका,बिद्यार्थी, युवा क्लब, बाल क्लबका सदस्य र स्थानीय बुद्धिजिबीहरु सहभागी थिए ।

तीन घण्टा लामो साझा सवाल कार्यक्रममा बालमैत्री विपद् जोखिम न्यूनिकरण सम्बन्धी नीतिगत छलफल गर्नुका साथै सरोकारवाला निकाय र समुदायबीच सवाल जवाफ गरिएको थियो । समुदायका प्रतिनिधीहरु प्रश्नकर्ता र वडा अध्यक्ष,वडा सदस्य र शिक्षकहरु जवाफकर्ताको रुपमा रहेका थिए ।

बालमैत्री विपद् जोखिम न्यूनिकरण सम्बन्धी वडा कार्यालयले संचालन गरेका कार्यक्रम, नगरपालिकाको बार्षिक कार्य योजनामा बालमैत्री विपद् जोखिम न्यूनिकरण योजना समाबेश भएको छ वा छैन्,नगरपालिकाको बार्षिक कार्य योजनामा समाबेश गर्नका लागि वडा अध्यक्ष ज्यू को पहल र प्रतिबद्धता । वडा स्तरीय विपद् जोखिम न्यूनिकरण योजना बनेको छ वा छैन ? विपद् पूर्व तयारी योजना बनेको छ वा छैन ? छ भने कार्यान्वयनको अबस्था कस्तो छ । भन्ने बारेमा सवाल जवाफ गरिएको थियो ।

त्यसैगरी बिधालय सुरक्षा योजनामा बालमैत्री विपद् जोखिम न्यूनिकरण योजना समाबेश भएको छ वा छैन् ? बालमैत्री विपद् जोखिम न्यूनिकरणयुक्त बिधालय सुधार योजना बनेको छ वा छैन ? वडा स्तरीय आपतकालिन कोष स्थापना भएको छ वा छैन ? छ भने कोषको परिचालन कसरी गर्ने गरिएको छ ?

बालमैत्री विपद् जोखिम न्यूनिकरण गर्न वडा कार्यालय र बिधालयको भावी योजनाहरु केके छन् ? भवन आचार संहिताको पालना र कार्यान्वयको लागि प्रतिबद्धता लगायतका बिषयमा व्यापक छलफल गरिएको थियो । साझा सवालको सहजीकरण कट्वाल डटकमका सम्पादक मिलन परियारले गरेका थिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE