शनिबार, अशोज ३, २०७७
Saturday, September 19, 2020

राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम जिल्ला भेला मार्तडीमा हुदै

बाजुरा,११ माघ : राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम बाजुरा जिल्ला भेला सदरमुकाम मार्तडीमा हुदैछ ।
प्रथम ऐतिहासिक जिल्ला भेलाको त्रिबेणी नगरपालिकाकी उपप्रमुख राधीका सुनारले उद्घाटन गर्नु भएको छ । भेलामा बाजुरा जिल्लामा क्रियाशिल दलित समुदायका पत्रकारहरुको उल्लेख्य सहभागिता रहेको छ ।

राष्ट्रिय दलित पत्रकार संघ नेपाल सुदूरपश्चिम प्रदेश भेला आयोजक समिति संयोजक करन ताम्राकार प्रमुख अतिथि रहेको उक्त भेलामा नेपाल पत्रकार महासंघ बाजुरा शाखा, पत्रकार सम्बद्ध पेशागत संगठन,बिभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरु,स्थानीय तहका जनप्रतिनिधि र दलित अधिकारकर्मी समेत सहभागी छन् ।

उद्घाटन सत्र समापन पश्चात आजै बन्दसत्र सुरु भई नयाँ नेतृत्व चयन गरिने सुदूरपश्चिम प्रदेश भेला आयोजक समिति संयोजक ताम्राकारले जानकारी गराए । बाजुरामा भेला सम्पन्न गर्नका लागि राष्ट्रिय दलित पत्रकार संघ नेपालका डडेल्धुरा जिल्ला सचिव धनी कोली पनि संयोजक ताम्राकारसंगै मार्तडी पुग्नु भएको छ ।

दलित पत्रकार संघमा देशभर क्रियाशील करीब एक हजार दुई सय दलित समुदायका पत्रकार सदस्य रहेका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE