मङ्लबार, अशोज ६, २०७७
Tuesday, September 22, 2020

चित्तल तस्करीमा एम्बुलेन्स प्रयोग

धनगढी, २७ माघ : सुदूरपश्चिम प्रदेश सरकारले वितरण गरेको एम्बुलेन्समा चित्तल तस्करी हुने गरेको भेटिएको छ। बिरामी बोक्नका लागि वितरण गरेको एम्बुलेन्समा चित्तल तस्करी हुने गरेको भेटिएको हो ।

चित्तल तस्करी गर्दै गरेको अवस्थामा दार्चुला प्रहरीले एम्बुलेन्सलाई नियन्त्रणमा लिएको हो । बैतडीको डिलाशैनी गाउँपालिकाले चलाउदै आएको सुदूरपश्चिम प्रदेश ०१-००१ झ ३४६ नम्बरको एम्बुलेसलाई ईलाका प्रहरी कार्यालय गोकुलेश्वरले नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार एम्बुलेन्स चालक महेश बोहरालाई प्रहरीले पक्राउ गरेको छ । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE