मङ्लबार, अशोज ६, २०७७
Tuesday, September 22, 2020

डायलासिस सेवाका लागि सैनिक अस्पताललाई एक करोड ५० लाख प्रदान

फागुन १३ धनगढी : मिर्गौला रोगीको उपचारका लागि काठमाडौं महानगरपालिकाले वीरेन्द्र सैनिक अस्पताल, छाउनीलाई एक करोड ५० लाख रुपैयाँ प्रदान गरेको छ।

मंगलबार सभागृहमा आयोजित एक कार्यक्रममा महानगरका मेयर विद्यासुन्दर शाक्यले जंगी अड्डाको कल्याणकारी योजना निर्देशनालयका निर्देशक सहायक रथी सागरबहादुर केसीलाई चेक हस्तान्तरण गरे। यस अघि पुस २ गते महानगर र नेपाली सेनाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको थियो। सम्झौताअनुसार, सेनाले माघ ७ गतेदेखि डायलासिस सेवा सुरू गरेको छ।

यो रकम सेवा सुरुआत गर्नका लागि मात्रै भएको महानगरले जनाएको छ। यसपछि सेवा विस्तार गर्न आवश्यक पूर्वाधार, मेसिन तथा उपकरण र जनशक्तिसम्बन्धी नेपाली सेनाले योजनासहितको खाका उपलब्ध गराएपछि कार्य प्रगतिका आधारमा महानगरले थप एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने जनाएको छ।

रकम हस्तान्तरणपछि बोल्दै मेयर शाक्यले कार्यक्रमलाई निरन्तर विस्तार गर्दै लगिने बताए। ‘जटिल खालको रोगका लागि विशेषज्ञ उपचारका लागि महानगरले नेपाली सेनासँग सहकार्य गरेको हो। उपचारका क्रममा आवश्यक पर्ने अन्य सेवा थप्दै लगिनेछ,’ उनले भने।

महानगरवासी र महानगरका कर्मचारीका लागि उपलब्ध हुने यो सेवा लिन काठमाडौ जिल्ला जनस्वास्थ्य कार्यालयबाट र महानगरको जनस्वास्थ्य विभागबाट सिफारिस हुनुपर्नेछ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE